News Portal

शंखमुलमा डेरा गरी बस्दै आएका मोरङका पुरुष मृत अवस्थामा फेला

काठमाडौं महानगरपालिका-३१ शंखमुलस्थित डेरामा बस्दै आएका एक पुरुष मृत फेला परेका छन्।

संगीता गुरुङ
१४४ पटक

काठमाडौं, चैत्र २८ — काठमाडौं महानगरपालिका-३१ शंखमुलस्थित डेरामा बस्दै आएका एक पुरुष मृत फेला परेका छन्।

मृतक ४५ वर्षीय युवराज ढकाल मोरङको विराटनगर महानगरपालिका-३ स्थायी बासिन्दा हुन्। उनी शंखमुलमा डेरा गरी बसिरहेका थिए। प्रहरीका अनुसार उनी आफ्नै कोठामा मृत अवस्थामा भेटिएको हो।

शवको प्रारम्भिक परीक्षणपछि घटनाको थप अनुसन्धान अघि बढाइएको छ। मृत्युको कारण भने हाल खुल्न सकेको छैन।

प्रहरीले घटनास्थलको निरीक्षण गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...

धादिङ कलेरीमा माघे संक्रान्ती–२०८२: मगर संस्कृति र परम्पराको उत्सव

धादिङ – मगर भाषा, संस्कृति तथा परम्परागत पहिचानको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले माघे संक्रान्ती–२०८२...

रवि–बालेन एकता सहमति-घण्टी प्रतीकमा नयाँ राजनीतिक यात्राको घोषणा

काठमाडौँ – नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको उद्देश्यसहित रवि लामिछाने र बालेन्द्र शाह (बालेन) बीच...