News Portal

शंखमुलमा डेरा गरी बस्दै आएका मोरङका पुरुष मृत अवस्थामा फेला

काठमाडौं महानगरपालिका-३१ शंखमुलस्थित डेरामा बस्दै आएका एक पुरुष मृत फेला परेका छन्।

संगीता गुरुङ
१७९ पटक

काठमाडौं, चैत्र २८ — काठमाडौं महानगरपालिका-३१ शंखमुलस्थित डेरामा बस्दै आएका एक पुरुष मृत फेला परेका छन्।

मृतक ४५ वर्षीय युवराज ढकाल मोरङको विराटनगर महानगरपालिका-३ स्थायी बासिन्दा हुन्। उनी शंखमुलमा डेरा गरी बसिरहेका थिए। प्रहरीका अनुसार उनी आफ्नै कोठामा मृत अवस्थामा भेटिएको हो।

शवको प्रारम्भिक परीक्षणपछि घटनाको थप अनुसन्धान अघि बढाइएको छ। मृत्युको कारण भने हाल खुल्न सकेको छैन।

प्रहरीले घटनास्थलको निरीक्षण गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...