News Portal

काठमाडौंमा नेकपाको मसाल जुलुस : ‘ज्ञानेन्द्र चोर देश छोड’ नारासहित सडकमा प्रदर्शन

काठमाडौंको ठमेलस्थित ठँहिटी क्षेत्रमा बुधबार साँझ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहका कार्यकर्ताहरूले मसाल जुलुससहित विरोध प्रदर्शन गरेका छन्।

संगीता गुरुङ
२६४ पटक

काठमाडौं, वैशाख २८ – काठमाडौंको ठमेलस्थित ठँहिटी क्षेत्रमा बुधबार साँझ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहका कार्यकर्ताहरूले मसाल जुलुससहित विरोध प्रदर्शन गरेका छन्।

पछिल्लो समय राजधानीमा ‘राजा आऊ, देश बचाऊ’ भन्ने नारा बलियो हुँदै गएको सन्दर्भमा त्यसको प्रतिवादस्वरूप विप्लव नेतृत्वको नेकपाले यो जुलुस आयोजना गरेको हो।

जुलुसमा सहभागीहरूले ‘ज्ञानेन्द्र चोर देश छोड’, ‘गणतन्त्र जिन्दावाद’, ‘नेपाली विशेषताको समाजवाद जिन्दावाद’, ‘दलाल पुँजीवाद मुर्दावाद’ जस्ता नाराहरू गुञ्जाएका थिए।

नेपाल कम्युनिस्ट पार्टी काठमाडौं महानगर समितिको आयोजनामा भएको उक्त कार्यक्रममा पार्टीका केन्द्रीय प्रतिनिधि दीपक मानन्धर, केन्द्रीय सदस्य तथा महानगर इञ्चार्ज प्रताप सिल लगायत करिब डेढ दर्जन कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

प्रदर्शनकारीहरूका अनुसार यो गतिविधि कुनै दलविशेष विरुद्ध नभई, प्रतिगामी सोच र षड्यन्त्रका विरुद्ध जनमत जगाउन गरिएको हो। उनीहरूले मसाल बोकेर जनताको पक्षमा आवाज बुलन्द गरिरहेको दाबी गरेका छन्।

जुलुस शान्तिपूर्ण रूपमा सम्पन्न भएको जानकारी दिइएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...