News Portal

काठमाडौंमा नेकपाको मसाल जुलुस : ‘ज्ञानेन्द्र चोर देश छोड’ नारासहित सडकमा प्रदर्शन

काठमाडौंको ठमेलस्थित ठँहिटी क्षेत्रमा बुधबार साँझ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहका कार्यकर्ताहरूले मसाल जुलुससहित विरोध प्रदर्शन गरेका छन्।

संगीता गुरुङ
२८१ पटक

काठमाडौं, वैशाख २८ – काठमाडौंको ठमेलस्थित ठँहिटी क्षेत्रमा बुधबार साँझ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहका कार्यकर्ताहरूले मसाल जुलुससहित विरोध प्रदर्शन गरेका छन्।

पछिल्लो समय राजधानीमा ‘राजा आऊ, देश बचाऊ’ भन्ने नारा बलियो हुँदै गएको सन्दर्भमा त्यसको प्रतिवादस्वरूप विप्लव नेतृत्वको नेकपाले यो जुलुस आयोजना गरेको हो।

जुलुसमा सहभागीहरूले ‘ज्ञानेन्द्र चोर देश छोड’, ‘गणतन्त्र जिन्दावाद’, ‘नेपाली विशेषताको समाजवाद जिन्दावाद’, ‘दलाल पुँजीवाद मुर्दावाद’ जस्ता नाराहरू गुञ्जाएका थिए।

नेपाल कम्युनिस्ट पार्टी काठमाडौं महानगर समितिको आयोजनामा भएको उक्त कार्यक्रममा पार्टीका केन्द्रीय प्रतिनिधि दीपक मानन्धर, केन्द्रीय सदस्य तथा महानगर इञ्चार्ज प्रताप सिल लगायत करिब डेढ दर्जन कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

प्रदर्शनकारीहरूका अनुसार यो गतिविधि कुनै दलविशेष विरुद्ध नभई, प्रतिगामी सोच र षड्यन्त्रका विरुद्ध जनमत जगाउन गरिएको हो। उनीहरूले मसाल बोकेर जनताको पक्षमा आवाज बुलन्द गरिरहेको दाबी गरेका छन्।

जुलुस शान्तिपूर्ण रूपमा सम्पन्न भएको जानकारी दिइएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ३० गतेको राशिफल

आज फागुन ३०, २०८२ ( मार्च १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...