News Portal

सहयोगको नाममा बलात्कार, दृष्टिविहिन किशोरीले खोजिन् न्याय

अछाम जिल्लामा एक २१ वर्षीया दृष्टिविहिन किशोरीमाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ।

हिमालीसंचार संवाददाता
२४१ पटक

चैत्र २७, अछाम — अछाम जिल्लामा एक २१ वर्षीया दृष्टिविहिन किशोरीमाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ। चैत २६ गते पीडित किशोरीले जिल्ला प्रहरी कार्यालय अछाममा उजुरी दिएपछि घटना बाहिरिएको हो।

प्रहरी अनुसन्धानका क्रममा पीडितको स्वास्थ्य परीक्षण गर्दा उनी २८ हप्ताको गर्भवती भएको पुष्टि भएको जिल्ला प्रहरी प्रमुख डिएसपी ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए।

पीडितको भनाइअनुसार, गत असोज २१ गते रामारोशन गाउँपालिका–५ का ५१ वर्षीय चेतमान रोकायाले उनलाई जिल्ला अस्पतालको जंगल पछाडि बोलाई बलात्कार गरेका थिए। उनले अपांग महासंघमार्फत सहयोग गरिदिने आश्वासन दिँदै प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको उल्लेख गरिएको छ।

आरोपित रोकायालाई प्रहरीले पक्राउ गरिसकेको छ। उनलाई पनि शारीरिक अपांगता रहेको जनाइएको छ – उनको दाहिने खुट्टा छैन।

यस घटनाले अपांगता भएका महिला तथा किशोरीहरू अझै पनि कति असुरक्षित अवस्थामा छन् भन्ने गम्भीर सन्देश दिएको छ। पीडितको न्याय सुनिश्चित गर्नका लागि सम्बन्धित निकायहरूलाई सक्रिय भूमिका खेल्न मानव अधिकारकर्मीहरूले आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...