News Portal

  • सदस्यताको आवेदन दिने समय सकियो, अब सम्पूर्ण ध्यान डेलिगेट्समा : एनआरएनए उच्चस्तरीय समिति

    हिमालीसंचार संवाददाता
    २०५ पटक

    काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले डेलिगेट्समा केन्द्रीत हुन सबैलाई अपिल गरेको छ। अप्रिल ७ तारिखसम्म तय भएको सदस्यता आवेदनको समय सकिएकाले डेलिगेट्स दर्ताका लागि निवेदन दिन पनि समितिले सबैलाई अपिल गरेको हो।

    उच्चस्तरीय समितिकी सदस्य सचिव एवं सदस्यता तथा डेलिगेट्स उपसमिति संयोजक जानकी गुरुङले मंगलबार एक विज्ञप्ति प्रकाशित गरेर मे ३–५, २०२५ मा काठमाडौंमा हुने महाधिवेशनका लागि तयारी तीव्र भइरहेको जानकारी गराउँदै सदस्यताको लागि प्राप्त निवेदनहरुको छानविन गरेर पारदर्शी तरिकाले प्रकाशित गरिने बताइन्।

    सर्वोच्च अदालतको परमादेशबाट गठित उच्चस्तरीय समितिले पारदर्शी तरिकाले काम गरिरहेको बताउँदै सवै विवरण वेवसाइटमा सार्वजनिक हुने भएकाले कुनै पनि भ्रममा नपर्न पनि गुरुङले आग्रह गरिन्। उनले भनिन्, ‘अब सदस्यताको काम सकिएको छ, सचिवालयले छानविन गरेर सार्वजनिक गर्छ। अब सम्पूर्ण ध्यान २२ अप्रिलसम्म डेलिगेट्समा केन्द्रीत हुन्छौं।’ उच्चस्तरीय समितिकै वेवसाइट (www.nrnahlc.com) मार्फत डेलिगेट्समा दर्ता हुनका लागि अप्रिल १ तारिखदेखि खुला गरिसकिएको छ।

    केही सामाजिक सञ्जालमा उच्चस्तरीय समितिलाई जोडेर आएका सामग्रीप्रति पनि ध्यानाकर्षण भएको उनले बताइन्।

    नेपालको संसदद्वारा पारित गैरआवासीय नेपाली सम्बन्धी ऐन २०६४ ले गरेको परिभाषा अन्तर्गत पर्ने, सार्क मुलुक बाहिर बसोबास गर्ने एनआरएनहरू मात्रै महाधिवेशनका लागि डेलिगेट्स बन्न पाउने विषय प्रष्ट रहेकोमा यो तथ्यलाई बङ्ग्याइ सार्क सदस्य मुलुकहरुबाट पनि सदस्यताका लागि निवेदन परेको भन्ने जस्ता समाचारहरू असत्य र आधारहीन भएको पनि उच्चस्तरीय समितिले स्पष्ट गरेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट कृष्ण सुनार पक्राउ

    काठमाडौं, मानव बेचबिखन तथा ओसार पसार  मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी सुर्खेत...

    वीरगञ्जमा झाडापखाला र हैजाका बिरामी ५ सय नाघे

    वीरगञ्ज, भदौ ११ – वीरगञ्जमा झाडापखाला र हैजाको प्रकोप नियन्त्रणभन्दा बाहिर फैलिँदै गएको छ। पछिल्लो...

    प्रिन्सिपलद्वारा विद्यार्थीमाथि कुटपिट, अभिभावकले प्रहरीमा उजुरी

    दोलखा, भदौ ११ – दोलखाको वैत्येश्वर गाउँपालिका–३, खानीगाउँस्थित आँकुरा इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल अजितकुमार चौधरीमाथि...

    रौतहटकी रुबी साह हत्या प्रकरणका आरोपीको उपचारकै क्रममा मृत्यु

    रौतहट, भदौ ११ – रौतहटकी रुबीकुमारी साह हत्या प्रकरणमा संलग्न भनिएका आरोपी लक्ष्मण पासवानको उपचारकै...

    रास्वपा सभापति रवि लामिछानेको मुद्दामा उच्च अदालतले झिकायो कैफियत प्रतिवेदन

    बुटवल, भदौ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग सम्बन्धित सहकारी ठगी...