News Portal

सदस्यताको आवेदन दिने समय सकियो, अब सम्पूर्ण ध्यान डेलिगेट्समा : एनआरएनए उच्चस्तरीय समिति

हिमालीसंचार संवाददाता
२९८ पटक

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले डेलिगेट्समा केन्द्रीत हुन सबैलाई अपिल गरेको छ। अप्रिल ७ तारिखसम्म तय भएको सदस्यता आवेदनको समय सकिएकाले डेलिगेट्स दर्ताका लागि निवेदन दिन पनि समितिले सबैलाई अपिल गरेको हो।

उच्चस्तरीय समितिकी सदस्य सचिव एवं सदस्यता तथा डेलिगेट्स उपसमिति संयोजक जानकी गुरुङले मंगलबार एक विज्ञप्ति प्रकाशित गरेर मे ३–५, २०२५ मा काठमाडौंमा हुने महाधिवेशनका लागि तयारी तीव्र भइरहेको जानकारी गराउँदै सदस्यताको लागि प्राप्त निवेदनहरुको छानविन गरेर पारदर्शी तरिकाले प्रकाशित गरिने बताइन्।

सर्वोच्च अदालतको परमादेशबाट गठित उच्चस्तरीय समितिले पारदर्शी तरिकाले काम गरिरहेको बताउँदै सवै विवरण वेवसाइटमा सार्वजनिक हुने भएकाले कुनै पनि भ्रममा नपर्न पनि गुरुङले आग्रह गरिन्। उनले भनिन्, ‘अब सदस्यताको काम सकिएको छ, सचिवालयले छानविन गरेर सार्वजनिक गर्छ। अब सम्पूर्ण ध्यान २२ अप्रिलसम्म डेलिगेट्समा केन्द्रीत हुन्छौं।’ उच्चस्तरीय समितिकै वेवसाइट (www.nrnahlc.com) मार्फत डेलिगेट्समा दर्ता हुनका लागि अप्रिल १ तारिखदेखि खुला गरिसकिएको छ।

केही सामाजिक सञ्जालमा उच्चस्तरीय समितिलाई जोडेर आएका सामग्रीप्रति पनि ध्यानाकर्षण भएको उनले बताइन्।

नेपालको संसदद्वारा पारित गैरआवासीय नेपाली सम्बन्धी ऐन २०६४ ले गरेको परिभाषा अन्तर्गत पर्ने, सार्क मुलुक बाहिर बसोबास गर्ने एनआरएनहरू मात्रै महाधिवेशनका लागि डेलिगेट्स बन्न पाउने विषय प्रष्ट रहेकोमा यो तथ्यलाई बङ्ग्याइ सार्क सदस्य मुलुकहरुबाट पनि सदस्यताका लागि निवेदन परेको भन्ने जस्ता समाचारहरू असत्य र आधारहीन भएको पनि उच्चस्तरीय समितिले स्पष्ट गरेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...