News Portal

पहिले साइकलबाट लडाएर खुट्टा भाँचिदिएका काकालाई यसपटक ढुंगा प्रहार गरी हत्या

बाँके जिल्लाको बैजनाथ गाउँपालिका–२ गुनापुरमा आइतबार राति एक वृद्धको रहस्यमय मृत्युको घटना हत्या भएको पुष्टि भएको छ।

संगीता गुरुङ
२६१ पटक

दाङ, चैत्र २५ – बाँके जिल्लाको बैजनाथ गाउँपालिका–२ गुनापुरमा आइतबार राति एक वृद्धको रहस्यमय मृत्युको घटना हत्या भएको पुष्टि भएको छ।

सुरुमा सडक दुर्घटनाको रूपमा सार्वजनिक गरिएको घटनामा ६६ वर्षीय मुसुवा थारू गम्भीर घाइते अवस्थामा फेला परेका थिए। उनलाई टाउको र अनुहारमा गम्भीर चोट लागेको अवस्थामा कोहलपुर मेडिकल कलेज पुर्‍याइएको थियो, जहाँ उपचारको क्रममा राति पौने ११ बजे उनको मृत्यु भयो।

घटनाको प्रारम्भिक अनुसन्धानमा मोटरसाइकलको ठक्कर लागेको भनिए पनि घटनास्थलको विवरण र अनुसन्धानको आधारमा प्रहरीले गहिरो अनुसन्धान अगाडि बढाएको थियो।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार थप अनुसन्धानका क्रममा सोमबार बिहान ५ बजे मुसुवाका २४ वर्षीय भतिजा लौटन थारूलाई नियन्त्रणमा लिइएको हो। सोधपुछका क्रममा लौटनले आफैंले ढुंगा प्रहार गरी काकाको हत्या गरेको स्वीकार गरेका छन्।

प्रहरीका अनुसार, यी दुईबीच विगतदेखि नै मनमुटाव थियो। गत वर्ष पनि लौटनले मुसुवालाई जानाजान साइकलबाट लडाइदिएका थिए, जसका कारण मुसुवाको खुट्टा भाँचिएको थियो। त्यसबेला मुसुवाले उपचारमा लागेको करिब ५५ हजार रुपैयाँ लौटनसँग माग गर्दै आएका थिए।

प्रहरी अनुसन्धानले देखाएको अनुसार, आइतबार राति लौटन योजनाबद्ध रूपमा मुसुवाको बाटो कुर्दै बसेका थिए र मौका पाएर ढुंगाले प्रहार गरी हत्या गरेका हुन्।

घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीले जानकारी दिएका छन्।

 

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...

अबैध रूपमा खोला उत्खनन, नगरपालिका मौन

मोरङ, वैशाख ६/रविन्द्र बराल – मोरङको रतुवामाई नगरपालिका–५ स्थित रतीलाल टोल नजिक रहेको बक्राहा खोलामा अवैध...

भोलिदेखि गोरखाका सामुदायिक विद्यालय सञ्चालनमा आउने

गोरखा, वैशाख ६ — गोरखा जिल्लाका सामुदायिक विद्यालयहरुमा भोलि सोमबारदेखि पठनपाठन सुरु गरिने भएको छ।...

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...