News Portal

  • पहिले साइकलबाट लडाएर खुट्टा भाँचिदिएका काकालाई यसपटक ढुंगा प्रहार गरी हत्या

    बाँके जिल्लाको बैजनाथ गाउँपालिका–२ गुनापुरमा आइतबार राति एक वृद्धको रहस्यमय मृत्युको घटना हत्या भएको पुष्टि भएको छ।

    संगीता गुरुङ
    १६७ पटक

    दाङ, चैत्र २५ – बाँके जिल्लाको बैजनाथ गाउँपालिका–२ गुनापुरमा आइतबार राति एक वृद्धको रहस्यमय मृत्युको घटना हत्या भएको पुष्टि भएको छ।

    सुरुमा सडक दुर्घटनाको रूपमा सार्वजनिक गरिएको घटनामा ६६ वर्षीय मुसुवा थारू गम्भीर घाइते अवस्थामा फेला परेका थिए। उनलाई टाउको र अनुहारमा गम्भीर चोट लागेको अवस्थामा कोहलपुर मेडिकल कलेज पुर्‍याइएको थियो, जहाँ उपचारको क्रममा राति पौने ११ बजे उनको मृत्यु भयो।

    घटनाको प्रारम्भिक अनुसन्धानमा मोटरसाइकलको ठक्कर लागेको भनिए पनि घटनास्थलको विवरण र अनुसन्धानको आधारमा प्रहरीले गहिरो अनुसन्धान अगाडि बढाएको थियो।

    जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार थप अनुसन्धानका क्रममा सोमबार बिहान ५ बजे मुसुवाका २४ वर्षीय भतिजा लौटन थारूलाई नियन्त्रणमा लिइएको हो। सोधपुछका क्रममा लौटनले आफैंले ढुंगा प्रहार गरी काकाको हत्या गरेको स्वीकार गरेका छन्।

    प्रहरीका अनुसार, यी दुईबीच विगतदेखि नै मनमुटाव थियो। गत वर्ष पनि लौटनले मुसुवालाई जानाजान साइकलबाट लडाइदिएका थिए, जसका कारण मुसुवाको खुट्टा भाँचिएको थियो। त्यसबेला मुसुवाले उपचारमा लागेको करिब ५५ हजार रुपैयाँ लौटनसँग माग गर्दै आएका थिए।

    प्रहरी अनुसन्धानले देखाएको अनुसार, आइतबार राति लौटन योजनाबद्ध रूपमा मुसुवाको बाटो कुर्दै बसेका थिए र मौका पाएर ढुंगाले प्रहार गरी हत्या गरेका हुन्।

    घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीले जानकारी दिएका छन्।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...