News Portal

केराबारीको वन क्षेत्रमा भरुवा बन्दुकसहित दुई जना पक्राउ

मोरङको केराबारी गाउँपालिका–८ स्थित आमजुंगी सामुदायिक वन क्षेत्रबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन्।

संगीता गुरुङ
१८८ पटक

चैत्र २५, मोरङ – मोरङको केराबारी गाउँपालिका–८ स्थित आमजुंगी सामुदायिक वन क्षेत्रबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन्। आइतबार साँझ वन्यजन्तु सिकारको तयारीमा रहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा केराबारी–८ निवासी ४४ वर्षीय मणिराज याक्खा र ३४ वर्षीय डिल्लीकुमार कार्की रहेका छन्। उनीहरूको साथबाट तीन नाल भरुवा बन्दुक बरामद गरिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए।

यसै घटनासँग जोडिएर अर्का स्थानीय ३५ वर्षीय धनबहादुर लिम्बू फरार रहेको र उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

हाल पक्राउ परेकामाथि हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा अगाडि बढाउने तयारी भइरहेको छ। वन्यजन्तु संरक्षण ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...