News Portal

नेकपा ललितपुरद्वारा जनआन्दोलन दिवसको अवसरमा विरोध प्रदर्शन सम्पन्न

संगीता गुरुङ
२५८ पटक

ललितपुर, चैत २४ – राष्ट्रिय जनआन्दोलन दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ललितपुरले आज लगनखेलमा विरोध प्रदर्शन तथा कोणसभाको आयोजना गरेको छ।

“दलाल संसदीय पुँजीवाद र प्रतिगामी षड्यन्त्रविरुद्ध” जनमत बटुल्दै गरिएको उक्त कार्यक्रममा स्थानीय कार्यकर्ता, समर्थकहरू र सर्वसाधारणको उल्लेखनीय सहभागिता देखिएको थियो।

नेकपा ललितपुरका इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य विपिन सीका अनुसार, देशभरका विभिन्न स्थानहरूमा आज पार्टीले विरोधमूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। लगनखेलमा सम्पन्न कोणसभामा नेताहरूले हालको राजनीतिक अवस्था, जनआन्दोलनको सन्देश, र परिवर्तनको आवश्यकतामाथि धारणा राखेका थिए।

कार्यक्रम शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको थियो भने उपस्थित भिडबाट जनचेतनाको बलियो सन्देश प्रवाह गरिएको नेताहरूको भनाइ छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...