News Portal

रवि लामिछाने थुनामा पठाउने आदेशपछि रास्वपाका नेताहरू रणनीतिक छलफलमा

संगीता गुरुङ
२३१ पटक

काठमाडौं, चैत्र २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशसँगै पार्टीभित्र आकस्मिक हलचल सुरु भएको छ।

अदालतको निर्णय सार्वजनिक भएपछि काठमाडौंमा रहेका रास्वपाका नेताहरू तत्काल छलफलमा जुटेका छन्। प्राप्त जानकारीअनुसार, हालको राजनीतिक अवस्था र सम्भावित रणनीतिबारे स्पष्ट योजना बनाउन नेताहरूबीच गम्भीर सम्वाद भइरहेको छ।

पार्टीले भोलि चितवनमा आयोजना गर्न लागेको जनयात्रा शुभारम्भ कार्यक्रम पनि यस घटनापछि अन्योलमा परेको देखिन्छ। सो कार्यक्रममा रवि लामिछानेले महत्वपूर्ण अभिव्यक्ति दिने तयारीमा रहेको जनाइएको थियो।

उल्लेखनीय छ, उच्च अदालत तुलसीपुरअन्तर्गत बुटवल इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्विकृती पराजुलीले जिल्ला अदालत रुपन्देहीको पूरानो आदेशलाई बदर गर्दै लामिछानेलाई थुनामा पठाउने निर्णय सुनाएका हुन्।

रास्वपाले हालको परिस्थितिलाई मध्यनजर गर्दै छिट्टै पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

 

प्रतिकृया दिनुहोस्

धादिङ कलेरीमा माघे संक्रान्ती–२०८२: मगर संस्कृति र परम्पराको उत्सव

धादिङ – मगर भाषा, संस्कृति तथा परम्परागत पहिचानको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले माघे संक्रान्ती–२०८२...

रवि–बालेन एकता सहमति-घण्टी प्रतीकमा नयाँ राजनीतिक यात्राको घोषणा

काठमाडौँ – नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको उद्देश्यसहित रवि लामिछाने र बालेन्द्र शाह (बालेन) बीच...

आज २०८२ साल पुष १३ गतेको राशिफल

आज पुष १३, २०८२ (डिसेम्बर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...