News Portal

बम आतंक मच्चाउँदै आएका खगेन्द्र खरेल फेरि पक्राउ, संसदमा ड्रोन खसाल्ने धम्की

पटक–पटक बम आतंक मच्चाउँदै आएका झापाका सञ्जय भनिने खगेन्द्र खरेल पुनः पक्राउ परेका छन्।

संगीता गुरुङ
२३७ पटक

२२ चैत्र, काठमाडौं – पटक–पटक बम आतंक मच्चाउँदै आएका झापाका सञ्जय भनिने खगेन्द्र खरेल पुनः पक्राउ परेका छन्। इटहरीमा नक्कली बम राखेर त्रास फैलाएको आरोपमा खरेलसहित इटहरीकी लक्ष्मीदेवी थापा चैत २० गते पक्राउ परेका हुन्।

पुस १६ गते इटहरी, बुढीखोला र भोटेखोला पुलमा बम राखिएको सूचना पाएपछि प्रहरीले खोजी गर्दा एक स्थानमा मात्र नक्कली बम (होक्स) भेटिएको थियो। त्यसपछि भारत भागेका खरेलले ह्वाट्सएपमार्फत ३१ जिल्लामा बम राख्ने र संसद भवनमा ड्रोन खसाल्ने धम्की दिएका थिए।

खरेल यसअघि पनि झापा र सुनसरीमा बम विस्फोट तथा आतंक सिर्जना गरेको अभियोगमा दुईपटक जेल परिसकेका छन्। २०७८ मा इटहरीमा भएको बम विस्फोट, २०७६ मा झापाको पुलमा बम राखिएको घटनामा उनी संलग्न रहेका छन्।

२०३४ सालमा ताप्लेजुङमा जन्मिएका खरेल भारतीय सेनामा कार्यरत रहँदा बम बनाउने सीप सिकेका थिए। पछि नेपाल फर्केर उनले ‘ग्रेटर नेपाल’ र ‘हिन्दू राष्ट्र’को अभियान सञ्चालन गर्दै आएका छन्।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...