News Portal

 प्रवासी नेपाली एकता मञ्च कुवेतकाे प्रेस-विज्ञप्ति 

हिमालीसंचार संवाददाता
३५० पटक

कुवेत– पुनरुत्थानवादी तत्वले जम्मा गरेका हुल्लडबाजहरूको एक जत्थाले हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय र काठमाडौं जिल्ला कार्यालय आलोकनगर, बानेश्वर, काठमाडौं) मा आक्रमण गरेर आगजनी र तोडफोड गरेको छ।

केन्द्रीय कार्यालयका ढोका र झ्याँलहरू तोडफोड गरेर कागजात र फर्निचरहरू जलाएको छ । आफुलाई तथाकथित राजावादी बताउने आपराधिक उन्मादीहरूको यस प्रकारको कुकृत्यको नेकपा ( एकीकृत समाजवादी)को प्रवास संगठन ” प्रवासी नेपाली एकता मञ्च राष्ट्रिय कमिटी कुवेत घोर निन्दा र भत्सर्ना गर्दछ।

साथै, लुटपाट र आगजनी जस्ता क्रियाकलापबाट समाजलाई नियन्त्रण गर्न खोज्ने यस्ता तत्वलाई तिरस्कार तथा प्रतिवाद गर्न र नागरिकहरूको रक्षाप्रति सचेत रहन सम्पूर्ण जनसमुदायलाई प्रवासी नेपाली एकता मञ्च राष्ट्रिय कमिटी हार्दिक अपिल गर्दछौं। पार्टी कार्यालयको वरिपरि हुनसक्ने घटनाबारे आज विहान ११ बजे नै प्रहरीलाई खवर गरिएको र पार्टी कार्यालयमा आक्रमण हुनथाले पछि फेरि तुरन्तै प्रहरीलाई खबर गर्दा पनि समयमै सुरक्षाको प्रवन्ध नगर्नु सुरक्षा प्रशासनको घोर लापर्वाही हो।

अहिले यी हुल्लडबाजहरुले अन्य कैयन् सर्वसाधारणको सम्पतिमाथि पनि श्रृड्लावद्ध आक्रमण गरेर लूटपाट गरेका समाचारहरु आइरहेका छन् ।

यसबाट सरकारले सुरक्षा प्रबन्ध गर्न नसकेको तथ्य स्पष्ट भएको छ। हाम्रो पार्टी सरकारी संयन्त्रको यस प्रकारको लापर्वाही घोर निन्दा गर्दछौँ र नागरिक जीवनको सुरक्षाको प्रत्याभूति गर्न र तोडफोड तथा आगजनीमा सङ्लग्न सबै अपराधीहरुलाई यथाशिघ्र कडा कार्बाही गर्न जोडदार माग गर्दछौं ।

प्रेस-विज्ञप्ति

प्रतिकृया दिनुहोस्

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...