News Portal

  • नेप्से परिसूचक दुई दिनमा ८१ अंकले बढ्यो, कारोबार रकममा वृद्धि

    नेपाल स्टक एक्सचेंज (नेप्से) मा बिहीबार पनि सकारात्मक वृद्धि देखिएको छ।

    हिमालीसंचार संवाददाता
    १६१ पटक

    काठमाडौं, चैत्र १४ – नेपाल स्टक एक्सचेंज (नेप्से) मा आज बिहीबार पनि सकारात्मक वृद्धि देखिएको छ। बुधबारको ३९.१३ अंकको वृद्धि पछाडि, बिहीबार ४१.६७ अंक थपिँदा, कुल ८१.६ अंकको बढोत्तरी भएको हो। यसले नेप्से परिसूचकलाई २,६६३.३० विन्दुमा पुर्याएको छ।

    आजको कारोबारी दिनमा ५ अर्ब २२ करोड रुपैयाँको कारोबार भएको छ, जुन बुधबारको ४ अर्ब २० करोडको कारोबारभन्दा १ अर्ब २ करोडले बढी हो।

    आज ३०९ वटा धितोपत्रका ९७ लाख ७२ हजार १९६ कित्ता सेयर किनबेच गरिएको छ। बिहीबार २२७ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १६ वटाको मूल्य घटेको छ।

    गुराँस लघुवित्त र श्रीजनशील लघुवित्तका सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएको छ। गुराँस लघुवित्तको सेयर मूल्य २,९५१ रुपैयाँ ४० पैसा र श्रीजनशील लघुवित्तको २,२१३ रुपैयाँ २० पैसा पुगेको छ।

    त्यसैगरी, कुमारी सबल योजनाको मूल्य १.८२ प्रतिशतले घटेर ८ रुपैयाँ ६१ पैसा र आइसिएफसी फाइनान्सको डिबेन्चर मूल्य १.६१ प्रतिशतले घटेर १,०५१ रुपैयाँ पुगेको छ।

    हिमालयन रिइन्स्योरेन्स कम्पनीको सेयरमा सबैभन्दा बढी कारोबार भएको छ, जसको प्रतिकित्ता मूल्य १,२००.१० रुपैयाँमा ५१ करोड १८ लाख रुपैयाँको कारोबार भएको हो। नेपाल रिइन्स्योरेन्सले पनि २७ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार गरेको छ।

    आजको कारोबारमा सबै १३ समूहगत परिसूचक सकारात्मक रहेकाले समग्र नेप्से परिसूचकमा वृद्धि देखिएको हो, जसमा व्यापार समूहको परिसूचक सर्वाधिक ६.०९ प्रतिशतले बढेको छ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कारागारमा रविलाई भेट्न नपाएपछि निकोलस भुसालको आक्रोश

    काठमाडौं, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका...

    रूपन्देहीका उद्योगीहरू विद्युत महसुल विवादमा तनावमा

    बुटवल, असोज १३ – नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनमार्फत विद्युत प्रयोग गर्ने उद्योगीहरूलाई बक्यौता...

    अस्पतालमा उपचाररत देउवाले सामाजिक सञ्जालमार्फत शुभकामना पठाए

    काठमाडौं, असोज १३ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा भएका घटनालाई नेपालको...

    जनताले चाहे प्रधानमन्त्री बन्न तयार : सुदन गुरुङ

    काठमाडौं, असोज १३ – भदौ २३–२४ मा भएको जेनजी आन्दोलनपछि चर्चामा आएका सुदन गुरुङले अलजजिरासँगको...

    रास्वपाको निर्देशन : चाडपर्वमा उपहार नलिनु, रातो पासपोर्ट बुझाउनू

    काठमाडौँ, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सबै तहका नेताहरूलाई यस वर्षको...