News Portal

नेप्से परिसूचक दुई दिनमा ८१ अंकले बढ्यो, कारोबार रकममा वृद्धि

नेपाल स्टक एक्सचेंज (नेप्से) मा बिहीबार पनि सकारात्मक वृद्धि देखिएको छ।

हिमालीसंचार संवाददाता
३४२ पटक

काठमाडौं, चैत्र १४ – नेपाल स्टक एक्सचेंज (नेप्से) मा आज बिहीबार पनि सकारात्मक वृद्धि देखिएको छ। बुधबारको ३९.१३ अंकको वृद्धि पछाडि, बिहीबार ४१.६७ अंक थपिँदा, कुल ८१.६ अंकको बढोत्तरी भएको हो। यसले नेप्से परिसूचकलाई २,६६३.३० विन्दुमा पुर्याएको छ।

आजको कारोबारी दिनमा ५ अर्ब २२ करोड रुपैयाँको कारोबार भएको छ, जुन बुधबारको ४ अर्ब २० करोडको कारोबारभन्दा १ अर्ब २ करोडले बढी हो।

आज ३०९ वटा धितोपत्रका ९७ लाख ७२ हजार १९६ कित्ता सेयर किनबेच गरिएको छ। बिहीबार २२७ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १६ वटाको मूल्य घटेको छ।

गुराँस लघुवित्त र श्रीजनशील लघुवित्तका सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएको छ। गुराँस लघुवित्तको सेयर मूल्य २,९५१ रुपैयाँ ४० पैसा र श्रीजनशील लघुवित्तको २,२१३ रुपैयाँ २० पैसा पुगेको छ।

त्यसैगरी, कुमारी सबल योजनाको मूल्य १.८२ प्रतिशतले घटेर ८ रुपैयाँ ६१ पैसा र आइसिएफसी फाइनान्सको डिबेन्चर मूल्य १.६१ प्रतिशतले घटेर १,०५१ रुपैयाँ पुगेको छ।

हिमालयन रिइन्स्योरेन्स कम्पनीको सेयरमा सबैभन्दा बढी कारोबार भएको छ, जसको प्रतिकित्ता मूल्य १,२००.१० रुपैयाँमा ५१ करोड १८ लाख रुपैयाँको कारोबार भएको हो। नेपाल रिइन्स्योरेन्सले पनि २७ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार गरेको छ।

आजको कारोबारमा सबै १३ समूहगत परिसूचक सकारात्मक रहेकाले समग्र नेप्से परिसूचकमा वृद्धि देखिएको हो, जसमा व्यापार समूहको परिसूचक सर्वाधिक ६.०९ प्रतिशतले बढेको छ।

 

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...