News Portal

राजपरिवारलाई दीर्घकालीन सेवा दिई ‘शाही चिकित्सक’ उपाधि प्राप्त डा. खगेन्द्रबहादुर श्रेष्ठको निधन

वरिष्ठ चिकित्सक खगेन्द्रबहादुर श्रेष्ठको ८९ वर्षको उमेरमा निधन भएको छ।

हिमालीसंचार संवाददाता
२०७ पटक

काठमाडौं, १४ चैत – वरिष्ठ चिकित्सक खगेन्द्रबहादुर श्रेष्ठको ८९ वर्षको उमेरमा निधन भएको छ। त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालका संरक्षक डा. श्रेष्ठको पार्थिव शरीर कुपन्डोल स्थित उनका निवासमा राखिने र शुक्रबार अन्तिम संस्कार गरिने परिवारले जानकारी दिएको छ।

डा. श्रेष्ठले आफ्नो लामो चिकित्सकीय करियरमा सर्वसाधारणसँगै राजपरिवारका सदस्यलाई पनि सेवा दिएका थिए। उनले तत्कालीन राजा वीरेन्द्र र बडामहारानी रत्न राज्यलक्ष्मीदेवी शाहका निजी चिकित्सकको रूपमा कार्य गरेका थिए। २०५३ सालमा उनलाई औपचारिक रूपमा ‘शाही चिकित्सक’ को उपाधि प्रदान गरिएको थियो, र २०५८ सालको राजपरिवार हत्याकाण्डपछि उनले शाही चिकित्सकको पदबाट अवकाश लिएका थिए।

नेपाल चिकित्सक संघले डा. श्रेष्ठको निधनमा गहिरो शोक व्यक्त गर्दै विज्ञप्ति जारी गरेको छ। संघका अनुसार, इमान्दार र लगनशील चिकित्सकको निधनले चिकित्सा क्षेत्रलाई अपूरणीय क्षति पुर्याएको छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...