News Portal

राजपरिवारलाई दीर्घकालीन सेवा दिई ‘शाही चिकित्सक’ उपाधि प्राप्त डा. खगेन्द्रबहादुर श्रेष्ठको निधन

वरिष्ठ चिकित्सक खगेन्द्रबहादुर श्रेष्ठको ८९ वर्षको उमेरमा निधन भएको छ।

हिमालीसंचार संवाददाता
१६५ पटक

काठमाडौं, १४ चैत – वरिष्ठ चिकित्सक खगेन्द्रबहादुर श्रेष्ठको ८९ वर्षको उमेरमा निधन भएको छ। त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालका संरक्षक डा. श्रेष्ठको पार्थिव शरीर कुपन्डोल स्थित उनका निवासमा राखिने र शुक्रबार अन्तिम संस्कार गरिने परिवारले जानकारी दिएको छ।

डा. श्रेष्ठले आफ्नो लामो चिकित्सकीय करियरमा सर्वसाधारणसँगै राजपरिवारका सदस्यलाई पनि सेवा दिएका थिए। उनले तत्कालीन राजा वीरेन्द्र र बडामहारानी रत्न राज्यलक्ष्मीदेवी शाहका निजी चिकित्सकको रूपमा कार्य गरेका थिए। २०५३ सालमा उनलाई औपचारिक रूपमा ‘शाही चिकित्सक’ को उपाधि प्रदान गरिएको थियो, र २०५८ सालको राजपरिवार हत्याकाण्डपछि उनले शाही चिकित्सकको पदबाट अवकाश लिएका थिए।

नेपाल चिकित्सक संघले डा. श्रेष्ठको निधनमा गहिरो शोक व्यक्त गर्दै विज्ञप्ति जारी गरेको छ। संघका अनुसार, इमान्दार र लगनशील चिकित्सकको निधनले चिकित्सा क्षेत्रलाई अपूरणीय क्षति पुर्याएको छ।

प्रतिकृया दिनुहोस्

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...