News Portal

रिंकु मृत्यु प्रकरण : वडा सदस्य जेल चलान, ६ जना धरौटीमा रिहा

हिमालीसंचार संवाददाता
१६७ पटक

सिरहा, चैत्र १३ – सिरहा जिल्लामा किशोरी रिंकुकुमारी सदायको रहस्यमयी मृत्युपछि भएको अनुसन्धानका क्रममा पक्राउ परेका वडा सदस्य नथुनी साहलाई अदालतले पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको छ। सिरहा जिल्ला अदालतका न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले साहलाई घटनामा संलग्न रहेको भन्दै कारागार चलान गर्ने निर्णय सुनाएको हो।

यसैबीच, अन्य आरोपितहरू रामकृपाल मण्डल, विन्देश्वर साह, करिया मुसहर, रामदेव सदा र दुई नाबालकलाई जनही १ लाख ५० हजार धरौटी बुझाएर रिहा गर्न आदेश दिइएको छ। त्यस्तै, रामविनोद मण्डल र कमलेश कुमार दासलाई साधारण तारेखमा छोड्न भनिएको छ।

प्रहरीका अनुसार उनीहरूविरुद्ध जातीय भेदभाव, आत्महत्या दुरुत्साहन, जबरजस्ती करणी तथा मिलापत्र गराउने जस्ता गम्भीर अभियोगमा मुद्दा दर्ता गरिएको छ। विशेषगरी, बलात्कारको आरोप लागेका व्यक्तिहरूलाई जोगाउन गाउँमा पञ्चायती सभा बसेको पुष्टि भइसकेको छ।

सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकु ३० माघमा आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। मृत्युअघि उनले आफ्ना परिवारजनलाई आफू स्थानीय युवक रुपेश मण्डल, टिंकु मण्डल र चन्दन साहेलाको सामूहिक बलात्कारको शिकार भएको बताएकी थिइन्।

२६ माघ राति करिब ९ बजे शौच गर्न निस्किएकी रिंकु ६ घण्टासम्म हराइन्। भोर ३ बजे फेला परेपछि उनले आफूमाथि बन्धक बनाई सामूहिक बलात्कार भएको खुलाइन्। तर, घटनालाई कानुनी रूपमा लैजाने साटो गाउँमा नै मिलापत्रको प्रयास थालियो।

२९ माघमा बसेको पहिलो पञ्चायती सभाले बलात्कार आरोपित रुपेश मण्डललाई १ लाख ५० हजार जरिवाना गर्ने निर्णय गर्‍यो, जुन पीडित परिवारले अस्वीकार गर्‍यो। ३० माघमा पुनः पञ्चायत बस्दा रिंकुले आफू बलात्कृत भएको बयान दिएकी थिइन्।

तर, सोही राति उनी घरमै झुण्डिएको अवस्थामा भेटिइन्। अनुसन्धानमा घटनालाई दबाउन पञ्चायती सभा बसालिएको पुष्टि भएको छ। हाल, बलात्कार अभियोग लागेका दुई जना र मिलापत्र गर्न संलग्न आठ जना गरी १० जना अझै फरार छन्। प्रहरी फरार अभियुक्तहरूको खोजीमा जुटिरहेको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...