News Portal

सिटी सफारीको करेन्टले लियो तीन वर्षीया बालिकाको ज्यान

सुनसरीमा चार्जमा राखिएको सिटी सफारीबाट करेन्ट लाग्दा तीन वर्षीया बालिकाको ज्यान गएको छ।

संगीता गुरुङ
२८९ पटक

सुनसरी, चैत्र १३ – सुनसरीमा चार्जमा राखिएको सिटी सफारीबाट करेन्ट लाग्दा तीन वर्षीया बालिकाको ज्यान गएको छ।

भोक्राहानरसिंह गाउँपालिका–६ साहु टोलका सुदिप साहकी छोरी चन्दा साहले मंगलबार दिउँसो छिमेकीको घरमा चार्जमा राखिएको सिटी सफारीमा खेल्ने क्रममा करेन्ट लागेपछि गम्भीर घाइते भएकी थिइन्।

बालिकालाई तुरुन्तै उपचारका लागि इनरुवास्थित जिल्ला अस्पताल लैजाने प्रयास भए पनि अस्पताल पुग्नुअघि नै बाटोमा उनको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

बालिकाको शव पोष्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...