News Portal

सिटी सफारीको करेन्टले लियो तीन वर्षीया बालिकाको ज्यान

सुनसरीमा चार्जमा राखिएको सिटी सफारीबाट करेन्ट लाग्दा तीन वर्षीया बालिकाको ज्यान गएको छ।

संगीता गुरुङ
१८५ पटक

सुनसरी, चैत्र १३ – सुनसरीमा चार्जमा राखिएको सिटी सफारीबाट करेन्ट लाग्दा तीन वर्षीया बालिकाको ज्यान गएको छ।

भोक्राहानरसिंह गाउँपालिका–६ साहु टोलका सुदिप साहकी छोरी चन्दा साहले मंगलबार दिउँसो छिमेकीको घरमा चार्जमा राखिएको सिटी सफारीमा खेल्ने क्रममा करेन्ट लागेपछि गम्भीर घाइते भएकी थिइन्।

बालिकालाई तुरुन्तै उपचारका लागि इनरुवास्थित जिल्ला अस्पताल लैजाने प्रयास भए पनि अस्पताल पुग्नुअघि नै बाटोमा उनको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

बालिकाको शव पोष्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...

माघ ४ बाट होटल फरेष्ट इनको आइपिओ खुल्दै, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो अवसर

काठमाडौं, पुस २४ – होटल फरेष्ट इन लिमिटेडले माघ ४ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)...