News Portal

  • विमान खरिदको भ्रष्टाचार छानबिन गर्न सांसदहरुको माग, ६ अर्ब अनियमितताको आशंका

    ६४० पटक

    काठमाडौँ : सांसदहरुले निगमको दुईवटा वाइडबडी विमान खरिद प्रकरणमा साढे ६ अर्ब रुपैयाँ अनियमितता देखिएको भन्दै छानबिनको माग गरेका छन् ।

    संसद्को सार्वजनिक लेखा समितिको आइतबारको बैठकमा सांसदहरुले आक्रोशित हुँदै अनियमिततामा संलग्न निगमका पदाधिकारीहरुलाई तत्काल कारवाहीको माग गरेका थिए। तर, समिति सभापतिले भने आगामी १२ गतेसम्मका लागि बैठक स्थगित गरेका छन्।

    सांसद प्रेम आलेले विचौलिया खडा गरेर विमान खरिद गरिएको भन्दै प्रक्रियामा संलग्नलाई सोझै कारवाहीको सिफारिस गर्न माग गरे। ‘हामी जनप्रतिनिधि, गाँउमा जाँदा प्लेन घोटालामा तिम्रो भागमा कति पर्‍यो भन्दै व्यंग्य गर्छन्’ आलेले समिति बैंठकमा भने, ‘यस्तो अनियमितता देख्दादेख्दै चुप बस्नु हुँदैन। सिधै कारवाही गर्नुपर्छ। अस्ति चिनीकाण्डमा पनि यस्तै भयो। सभापतिज्यू, कहिले कारवाही गर्नुहुन्छ?’

    समिति बैठकमा सांसदहरुले ६ अर्ब ५९ करोड रुपैयाँ अनियमितता देखिएको भन्दै प्रश्न गरेका थिए। हवाई उड्डयनमा संलग्न व्यवसायीका अनुसार भन्दै उनीहरुले १० प्रतिशत कमिसन हुने र त्यो रकम खरिदका क्रममा नघटाइएको भन्दै प्रश्न गरे।

    सांसद हृदयेश त्रिपाठीले भने, ‘२४ अर्बमा २ अर्ब ४० करोड कता गयो?’ अधिकतम उडान भार कटौती र मूल्यान्तरमा गरी २४ अर्बमा ६ अर्ब ५९ रुपैया घोटाला भएको भन्दै सांसदहरुले प्रश्न गरेका थिए।

    वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले विभिन्न मुलुकसँग हवाई उड्डयन सम्झौताको तयारी भएको प्रतिक्रिया दिए। निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले जहाज खरिदमा भ्रष्टाचार नभएको दाबी गरे।

    जहाज खरिदको लगत स्टिमेट तयार गर्ने क्रममा ११८ मिलियर डलर अनुमान गरिएकोमा त्योभन्दा घटेर १०९ मा खरिद गरिएको उनको भनाइ थियो। उनले भने, ‘भ्रष्टाचार भएको भए खरिद प्रक्रियामा १८ जना सञ्चालक समिति सदस्यहरु संलग्न हुने थिएनन‍्। गडबड केही भएको छैन।’ कान्तिपुर

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २२ गतेको राशिफल

    आज कार्तिक २२, २०८२ (नोभेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...

    काठमाडौँमा मेलम्चीको पानी आपूर्ति रोकियो

    काठमाडौँ, कात्तिक २१ – काठमाडौँमा मेलम्ची खानेपानीको आपूर्ति बिहीबारदेखि पूर्ण रूपमा रोकिएको छ। भेण्डर, बाढी...

    सभामुख गाडीविहीन, राप्रपा सांसदले फिर्ता गरेको गाडी फेरि लिए

    पोखरा, कात्तिक २१ – जेनजी आन्दोलनपछि राजीनामाको घोषणासँगै संसद सचिवालयमा फिर्ता गरिएको गाडी फेरि राप्रपा गण्डकीका...