News Portal

विमान खरिदको भ्रष्टाचार छानबिन गर्न सांसदहरुको माग, ६ अर्ब अनियमितताको आशंका

७४८ पटक

काठमाडौँ : सांसदहरुले निगमको दुईवटा वाइडबडी विमान खरिद प्रकरणमा साढे ६ अर्ब रुपैयाँ अनियमितता देखिएको भन्दै छानबिनको माग गरेका छन् ।

संसद्को सार्वजनिक लेखा समितिको आइतबारको बैठकमा सांसदहरुले आक्रोशित हुँदै अनियमिततामा संलग्न निगमका पदाधिकारीहरुलाई तत्काल कारवाहीको माग गरेका थिए। तर, समिति सभापतिले भने आगामी १२ गतेसम्मका लागि बैठक स्थगित गरेका छन्।

सांसद प्रेम आलेले विचौलिया खडा गरेर विमान खरिद गरिएको भन्दै प्रक्रियामा संलग्नलाई सोझै कारवाहीको सिफारिस गर्न माग गरे। ‘हामी जनप्रतिनिधि, गाँउमा जाँदा प्लेन घोटालामा तिम्रो भागमा कति पर्‍यो भन्दै व्यंग्य गर्छन्’ आलेले समिति बैंठकमा भने, ‘यस्तो अनियमितता देख्दादेख्दै चुप बस्नु हुँदैन। सिधै कारवाही गर्नुपर्छ। अस्ति चिनीकाण्डमा पनि यस्तै भयो। सभापतिज्यू, कहिले कारवाही गर्नुहुन्छ?’

समिति बैठकमा सांसदहरुले ६ अर्ब ५९ करोड रुपैयाँ अनियमितता देखिएको भन्दै प्रश्न गरेका थिए। हवाई उड्डयनमा संलग्न व्यवसायीका अनुसार भन्दै उनीहरुले १० प्रतिशत कमिसन हुने र त्यो रकम खरिदका क्रममा नघटाइएको भन्दै प्रश्न गरे।

सांसद हृदयेश त्रिपाठीले भने, ‘२४ अर्बमा २ अर्ब ४० करोड कता गयो?’ अधिकतम उडान भार कटौती र मूल्यान्तरमा गरी २४ अर्बमा ६ अर्ब ५९ रुपैया घोटाला भएको भन्दै सांसदहरुले प्रश्न गरेका थिए।

वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले विभिन्न मुलुकसँग हवाई उड्डयन सम्झौताको तयारी भएको प्रतिक्रिया दिए। निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले जहाज खरिदमा भ्रष्टाचार नभएको दाबी गरे।

जहाज खरिदको लगत स्टिमेट तयार गर्ने क्रममा ११८ मिलियर डलर अनुमान गरिएकोमा त्योभन्दा घटेर १०९ मा खरिद गरिएको उनको भनाइ थियो। उनले भने, ‘भ्रष्टाचार भएको भए खरिद प्रक्रियामा १८ जना सञ्चालक समिति सदस्यहरु संलग्न हुने थिएनन‍्। गडबड केही भएको छैन।’ कान्तिपुर

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...