News Portal

आजको राशिफल

आज चैत्र १३, २०८१ (मार्च २६, २०२५) को राशिफल यस प्रकार रहेको छ:

हिमालीसंचार संवाददाता
२३६ पटक

आज चैत्र १३, २०८१ (मार्च २६, २०२५) को राशिफल यस प्रकार रहेको छ:

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

नयाँ व्यक्तिसँगको भेटघाटले उत्साह जगाउनेछ। कीर्तिमान काम गर्ने समय रहेको छ। साथीभाइ र मित्रहरूबाट सहयोग मिल्नेछ। कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ। (शुभ रङ: रातो, शुभ अंक: ९)

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

कार्यक्षेत्रमा भाग्यको साथ मिल्नेछ। धर्मकर्ममा रुचि बढ्नुको साथै नयाँ कार्य प्रारम्भ गर्दा सफलता मिल्नेछ। विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ। संगीत र कलाको क्षेत्रमा सफलता मिल्नेछ। (शुभ रङ: सेतो, शुभ अंक: ६)

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

बोलिको विपरीत अर्थ लाग्नेछ। दाम्पत्य जीवनमा पुराना कुरालाई लिएर मनमुटाव हुन सक्ला। रोग प्रतिरोधात्मक क्षमता बढाउन पुष्ट भोजनको सेवन गर्नुहोस्। (शुभ रङ: हरियो, शुभ अंक: ६)

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कार्यक्षेत्रमा समयमा कार्यसम्पादन हुनाले नयाँ कार्यतर्फ अग्रसर भइनेछ। सामाजिक दायित्व बढ्नेछ। (शुभ रङ: रातो, शुभ अंक: ७)

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

व्यापारमा फाइदा हुनेछ। लगनशीलताले रोकिएको कार्य पनि सम्पादन हुनेछ। शरीरमा कमजोरी अनुभूति हुनेछ। आहारविहारमा सजग रहनुहोला। श्रमको उचित मूल्यांकन मिल्नेछ। (शुभ रङ: गुलाबी, शुभ अंक: ३)

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

छोटो समयमा राम्रो उपलब्धि हात पार्न सफल भइनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै पराजित गर्न सकिनेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। गर्न नसक्ने वाचा नगरौँ। (शुभ रङ: पहेलो, शुभ अंक: ५)

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

परिवारको जमघटको बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। लोकाचारको पछि लाग्दा धन खर्चमा वृद्धि हुनेछ। नोकरी वा पेशामा अधिकारी वर्गहरूबाट सोचेजस्तो सहयोग नमिल्ला। (शुभ रङ: सेतो, शुभ अंक: ८)

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

अप्ठ्यारो परिस्थितिलाई पनि सहज बनाउन सक्नुहुनेछ। व्यापार लगायत आर्थिक लाभ हुने योजनाहरू कार्यान्वित गर्न सक्नुहुनेछ। शत्रुहरू आफै किनारा लाग्नेछन्। (शुभ रङ: हल्का रातो, शुभ अंक: १)

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

समय तालिका नमिल्दा योजनाहरू अधुरो रहलान्। आफन्तहरूबाट सोचेजस्तो सहयोग नपाइएला। विद्यार्थीहरूलाई अध्ययनमा कमजोरीको अनुभूति हुनेछ। (शुभ रङ: गाढा पहेलो, शुभ अंक: ४)

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)

प्रतिष्ठित कार्य गर्ने समय रहेको छ। युवा वर्गहरूको नयाँ कार्यतर्फ रुचि बढ्नेछ। भौतिक संसाधन प्राप्तिका योग छन्। प्रेम र मित्रताको बन्धन कसिनेछ। (शुभ रङ: नीलो, शुभ अंक: ९)

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

सकारात्मक ऊर्जाले मनोबल उच्च रहनेछ। सामाजिक कार्य गर्ने अवसर मिल्नेछ। आवेगमा आएर कुनै पनि कार्य नगर्नु नै उत्तम रहेको छ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। (शुभ रङ: सुन्तला, शुभ अंक: ६)

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

सहकार्यबाट लाभ मिल्नेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। सोचेको अनुरूप परिणाम मिल्नेछ। घरपरिवारमा मनोरञ्जनात्मक वातावरण निर्माण हुनेछ। व्यापारमा मनग्य लाभ मिल्नेछ। (शुभ रङ: बैजनी, शुभ अंक: ८)

तपाईंको दिन शुभ रहोस्!

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...