News Portal

सिराहामा १३ दिनदेखि हराइरहेकी बालिकाको शव खोलामा फेला

सिरहाको गोलबजार नगरपालिका–९ गोविन्दपुरमा १३ दिनदेखि बेपत्ता एक बालिकाको शव खोलाको किनारमा फेला परेको छ।

संगीता गुरुङ
१९६ पटक

चैत्र १२, सिराहा – सिरहाको गोलबजार नगरपालिका–९ गोविन्दपुरमा १३ दिनदेखि बेपत्ता एक बालिकाको शव खोलाको किनारमा फेला परेको छ।

स्थानीय बेचन अलीकी १३ वर्षीय छोरी गुलशना खातुन फागुन २९ गते बिहान ९ बजे घरबाट निस्केपछि हराएकी थिइन्। परिवारले चैत १ गते इलाका प्रहरी कार्यालय मिर्चैयामा उनको खोजतलासका लागि निवेदन दिएका थिए।

प्रहरीका अनुसार गुलशनाको शव मंगलबार बिहान घरदेखि करिब ५०० मिटर टाढा खोलाको किनारमा भेटिएको हो। स्थानीयका अनुसार शव डढेको जस्तो देखिएको छ। घटनास्थलमा पुगेको प्रहरी टोलीले अनुसन्धान सुरु गरेको छ।

गुलशना स्थानीय सामुदायिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिइन्। उनका पिता बेचन अली छोरी हराउनु दुई दिन अघि मात्रै वैदेशिक रोजगारीका लागि कतार गएका थिए।

इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी पञ्चकुमार बाखुले बालिकाको खोजीका लागि सुरुदेखि नै प्रयास गरिएको बताए। “हामी अनुसन्धानमा जुटेका छौँ, आवश्यक प्रक्रिया अघि बढाइरहेका छौँ,” उनले भने।

बालिकाको मृत्युबारे थप विवरण आउन बाँकी छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...