News Portal

  • १०० रुपैयाँकै कारण हत्या, आरोपी पक्राउ

    भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९, बोडे निलबाराहीस्थित पिकनिक स्थलनजिक एक व्यक्तिको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

    संगीता गुरुङ
    १७८ पटक

    भक्तपुर, चैत्र १२ – भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९, बोडे निलबाराहीस्थित पिकनिक स्थलनजिक एक व्यक्तिको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

    जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार पक्राउ पर्नेमा रोल्पाको परिवर्तन गाउँपालिका–६ घर भएका ५७ वर्षीय हिमाल बुढामगर रहेका छन्। उनीमाथि खोटाङको केपिलासगढी गाउँपालिका–२ का ६६ वर्षीय ओमप्रकाश राईको हत्या गरेको आरोप लागेको छ।

    प्रहरी स्रोतका अनुसार ओमप्रकाशको हत्या १०० रुपैयाँकै विवादका कारण भएको खुलेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा आरोपी हिमालले ओमप्रकाशले आफूबाट १०० रुपैयाँ खोसेपछि झगडा भएको स्वीकार गरेका छन्। सोही विवादको क्रममा ढुंगाले प्रहार गर्दा ओमप्रकाशको मृत्यु भएको बयान उनले दिएका छन्।

    गत आइतबार बिहान ५:५५ बजेतिर निलबाराही पिकनिकस्थलनजिक ओमप्रकाशको शव भेटिएको थियो। प्रहरी घटनास्थल पुग्दा उनको शव रगतले लतपतिएको अवस्थामा फेला परेको थियो। टाउकोमा गहिरो चोट देखिएको थियो भने कानको लोती समेत काटिएको थियो। घटनास्थलमै रगत लतपतिएको ढुंगा भेटिएको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार मृतक ओमप्रकाश राई कवाडी संकलन गर्ने काम गर्थे। घटनास्थलनजिकै रहेको बोरामा विभिन्न कवाडीका सामानहरू फेला परेका थिए। मृतकका छोराले शवको सनाखत गरेका छन्।

    अनुसन्धानका क्रममा पक्राउ परेका हिमालले शनिबार साँझ आफूहरूले सँगै मदिरा सेवन गरेको स्वीकारेका छन्। मदिरा सेवनपछि भेटी टिप्न निलबाराही पुगेको र त्यहीँ सुत्ने क्रममा १०० रुपैयाँकै विवाद हुँदा घटना भएको उनले बताएका छन्।

    प्रहरीले आरोपीलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ। उनलाई आजै सार्वजनिक गरिने प्रहरी स्रोतले जनाएको छ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन ३१ गतेको राशिफल

    आज साउन ३१, २०८२ (अगस्त १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशिफल...

    कुवेतमा विषाक्त मदिराले ९ नेपालीसहित २३ जनाको मृत्यु, सयौं बिरामी

    काठमाडौँ, साउन ३० – खाडी मुलुक कुवेतमा लुकीछिपी बिक्री हुने विषाक्त मदिरा सेवनका कारण ९...

    बीपी राजमार्गमा राति सवारीसाधन सञ्चालनमा रोक, १५ भदौसम्म लागू

    काभ्रेपलाञ्चोक, साउन ३० – काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी...

    सभामुख घिमिरेद्वारा कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयन निर्देशन

    काठमाडौं, साउन ३० – संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी त्रुटि उजागर गर्ने संसदीय छानबिन...

    दरभंगा विश्वविद्यालयको नक्कली प्रमाणपत्र प्रयोग गरी शिक्षक पक्राउ, ६ महिनाको जेल सजाय

    काठमाडौं, साउन ३० – नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिएको प्रकरणमा विशेष...