News Portal

शिवशंकर महतोको हत्यामा नयाँ खुलासा: श्रीमती संलग्न, अनुसन्धान तीव्र

हिमालीसंचार संवाददाता
२७५ पटक

धनुषा, चैत्र ११ – धनुषा जिल्लामा भएको शिवशंकर महतोको हत्या प्रकरणमा प्रहरीले महत्वपूर्ण विकास गरेको छ। महोत्तरी जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तुलाल जयसवारले जानकारी दिएका छन् कि मृतक शिवशंकर महतोकी श्रीमती सिर्जना महतोलाई पक्राउ गरिएको छ र अनुसन्धान अघि बढाइएको छ।

डीएसपी जयसवारले भने, “हामीले सिर्जनालाई हिजो पक्राउ गरेर अनुसन्धान प्रक्रिया सुरु गरेका छौं। अहिले म्याद थप गर्ने प्रक्रिया चलिरहेको छ।” हत्या प्रकरणमा श्रीमतीको संलिप्तता र सम्बन्धित घटनाक्रमको विश्लेषण गर्न प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको छ।

शिवशंकर महतोको शव महोत्तरीको गौशाला नगरपालिका-८ स्थित सागरनाथ वनमास्थित रेल्वे ट्र्याकदेखि करिब १०० मिटर दक्षिणमा फेला परेको थियो। शवको परीक्षणबाट यो हत्या धारिलो हतियारले गरिएको संकेत पाइयो। शवको अवस्था र घटनास्थलले हत्या पछि शवलाई घिसारेर कुनै अर्काे स्थानमा लैजान खोजिएको जस्तो देखिन्छ।

प्रहरीका अनुसार, शिवशंकर महतो बिहीबार दिउँसो श्रीमती सिर्जना र १० महिने छोरा सँगै बर्दिबास नगरपालिका-५ स्थित ससुराली जानका लागि निस्किएका थिए। तर, उनी ससुराली पुगेका छन् कि छैनन् भन्नेबारे कुनै पुस्टि भएको छैन।

शिवशंकरका परिवारका अनुसार, केही दिन अघि ससुरालीमा भएको विवादपछि शिवशंकरमाथि कुटपिट भएको थियो। त्यसपछि उनले ससुराली जान नचाहेको तर श्रीमती सिर्जनाले उनलाई नाना (हजुरबुबा) को मृत्यु भएको भन्दै पुनः ससुराली जान बाध्य पारिन्।

प्रहरीका अनुसार, यस घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान गरिसकेको छ र अनुसन्धान तीव्र रूपमा अघि बढाइँदैछ।

 

प्रतिकृया दिनुहोस्

रास्वपा–उज्यालो नेपाल एकता टुंगियो, कुलमान–रवि–बालेन छलफल असफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षित दल उज्यालो नेपाल पार्टीबीचको एकता...

अवैधानिक रुट, दलालको जालो र राज्यको मौनताले महिला असुरक्षित

कुवेत– पछिल्लो समय कुवेतमा नेपाली घरेलु कामदारहरूको समस्या गम्भीर बन्दै गएको छ। समस्या समाधानतर्फ नेपाल...

कुवेतमा तमू ल्होसार भव्य रूपमा सम्पन्न, सर्प वर्गको विदाई गर्दै घोडा वर्गको स्वागत

कुवेत– तमू समुदायको महान पर्व तमू ल्होसार कुवेतमा भव्य रूपमा मनाइएको छ। जनवरी ९ तारिखका...

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...