News Portal

शिवशंकर महतोको हत्यामा नयाँ खुलासा: श्रीमती संलग्न, अनुसन्धान तीव्र

हिमालीसंचार संवाददाता
३०५ पटक

धनुषा, चैत्र ११ – धनुषा जिल्लामा भएको शिवशंकर महतोको हत्या प्रकरणमा प्रहरीले महत्वपूर्ण विकास गरेको छ। महोत्तरी जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तुलाल जयसवारले जानकारी दिएका छन् कि मृतक शिवशंकर महतोकी श्रीमती सिर्जना महतोलाई पक्राउ गरिएको छ र अनुसन्धान अघि बढाइएको छ।

डीएसपी जयसवारले भने, “हामीले सिर्जनालाई हिजो पक्राउ गरेर अनुसन्धान प्रक्रिया सुरु गरेका छौं। अहिले म्याद थप गर्ने प्रक्रिया चलिरहेको छ।” हत्या प्रकरणमा श्रीमतीको संलिप्तता र सम्बन्धित घटनाक्रमको विश्लेषण गर्न प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको छ।

शिवशंकर महतोको शव महोत्तरीको गौशाला नगरपालिका-८ स्थित सागरनाथ वनमास्थित रेल्वे ट्र्याकदेखि करिब १०० मिटर दक्षिणमा फेला परेको थियो। शवको परीक्षणबाट यो हत्या धारिलो हतियारले गरिएको संकेत पाइयो। शवको अवस्था र घटनास्थलले हत्या पछि शवलाई घिसारेर कुनै अर्काे स्थानमा लैजान खोजिएको जस्तो देखिन्छ।

प्रहरीका अनुसार, शिवशंकर महतो बिहीबार दिउँसो श्रीमती सिर्जना र १० महिने छोरा सँगै बर्दिबास नगरपालिका-५ स्थित ससुराली जानका लागि निस्किएका थिए। तर, उनी ससुराली पुगेका छन् कि छैनन् भन्नेबारे कुनै पुस्टि भएको छैन।

शिवशंकरका परिवारका अनुसार, केही दिन अघि ससुरालीमा भएको विवादपछि शिवशंकरमाथि कुटपिट भएको थियो। त्यसपछि उनले ससुराली जान नचाहेको तर श्रीमती सिर्जनाले उनलाई नाना (हजुरबुबा) को मृत्यु भएको भन्दै पुनः ससुराली जान बाध्य पारिन्।

प्रहरीका अनुसार, यस घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान गरिसकेको छ र अनुसन्धान तीव्र रूपमा अघि बढाइँदैछ।

 

प्रतिकृया दिनुहोस्

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...