News Portal

सल्यानमा जिप दुर्घटनामा १७ जना घाइते

सल्यानमा जिप दुर्घटनामा १७ जना घाइते भएका छन्।

हिमालीसंचार संवाददाता
२१५ पटक

सल्यान, चैत्र ११ – आज बिहान ९:३० बजे सल्यानको सिद्धकुमाख गाउँपालिका–३ स्थित गतियानामा एक जिप दुर्घटनामा परेको छ। तिमिलेबाट श्रीनगर आउँदै गरेको भे १ ज १२१४ नम्बरको जिप सडकबाट पल्टिँदा १७ जना यात्रु घाइते भएका छन्। दुर्घटनामा घाइते सबैको उपचार श्रीनगर स्थित स्वास्थ्य संस्थामा भइरहेको छ।

घाइते यात्रुहरूमा कुमाख गाउँपालिका–३ तिमिलेका ६४ वर्षीया धने परियार, २८ वर्षीया ढम्मर बुढाथोकी, ४७ वर्षीया रिताकुमारी बुढा, ३५ वर्षीया शेरबहादुर नेपाली, १९ वर्षीया सपना वली, ३२ वर्षीया गिता चन्द र उनकी १० वर्षीया छोरी इन्दिरा चन्द, कुमाख–२ का १२ वर्षीय जय चन्द रहेका छन्। यस्तै, कुमाख–४ की ४१ वर्षीया हिरा शाही, ५० वर्षीय प्रविर रावत, ३० वर्षीय अर्जुन बस्नेत, कुमाख–२ की २६ वर्षीया प्रतिमा बुढा, शारदा नगरपालिका–१ का २२ वर्षीय अनिल नेपाली, बनगाड कुपिण्डे नगरपालिका–५ की २१ वर्षीया भूमी राना, ६ वर्षीय एलिस रावत, शारदा नगरपालिका–११ का १० वर्षीय अनुपम बुढाथोकी र कुमाख–२ की २६ वर्षीया ललिता बुढाथोकी पनि घाइते भएका छन्।

प्रहरीका अनुसार, जिप दुर्घटनामा चालकले ब्रेक फेल भएको कारण जिप सडक किनारमा पल्टिएको बताएका छन्। दुर्घटनामा घाइते सबैको अवस्था सामान्य रहेको र जिपमा चालकसहित १८ जना सवार थिए।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...