News Portal

  • नयाँ बसपार्कमा यात्रुलाई दुःख दिने ३७० जना पक्राउ

    राजधानीको गोंगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई अनावश्यक दुःख दिने ३७० जनामाथि कारबाही गरिएको छ।

    हिमालीसंचार संवाददाता
    ११७ पटक

    काठमाडौं, चैत्र ११ – राजधानीको गोंगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई अनावश्यक दुःख दिने ३७० जनामाथि कारबाही गरिएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सुरक्षित बसपार्क निर्माण तथा यात्रु सुरक्षाका लागि आइतबार एक कार्यक्रमको आयोजना गर्दै कारबाहीबारे जानकारी गराएको हो।

    महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले बसपार्कलाई सुरक्षित र यात्रुमैत्री बनाउने जिम्मेवारी नेपाल प्रहरी, यातायात व्यवसायी र मजदुर सबैको रहेको बताए। उनले यात्रुलाई अनावश्यक हैरानी दिने कार्यप्रति महासंघले गम्भीर ध्यान दिएको र यस्ता गतिविधि रोक्न पहल भइरहेको जानकारी गराए।

    महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले यात्रुको झोला तान्ने, जबरजस्ती बसमा चढाउने तथा अन्य दुर्व्यवहार गर्ने कार्य रोक्न आवश्यक रहेको बताए। प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायव उपरीक्षक निरन्जन थापाले बसपार्कलाई सुरक्षित र मर्यादित बनाउन प्रहरीले निरन्तर काम गरिरहेको उल्लेख गरे।

    प्रहरी प्रभाग नयाँबसपार्कका प्रमुख, प्रहरी निरीक्षक राजन खड्काले चालू आर्थिक वर्षमा पक्राउ परेकामध्ये आठ जनालाई कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिए।

    हाल नयाँ बसपार्कबाट देशभरका ७० जिल्लामा सार्वजनिक यातायात सञ्चालन हुँदै आएको छ। बसपार्क सञ्चालन गरिरहेको लोत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पंकज मल्लले यात्रु सुरक्षाका लागि बसपार्कभित्र कार्यरत कर्मचारीहरूलाई पोशाक र परिचयपत्रको व्यवस्था गरिएको बताए। साथै, उनले यात्रुहरूलाई आधिकारिक कर्मचारीसँग समन्वय गर्न आग्रह गरे।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    एसईईमा ४ जीपीए ल्याएकी गोमालाई डाक्टर बनाउन गुरुङको योगदान

    काठमाडौं, असार १९ – एसईई परीक्षा २०८१ मा ४.० जीपीए ल्याएर सबैको ध्यान खिच्न सफल...

    अक्सफोर्ड विश्वविद्यालयद्वारा प्रा. सुवेदीको नाममा स्थापित वार्षिक पुरस्कार विजेता घोषणा

    लन्डन, असार १९ – विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले प्रा. सूर्यप्रसाद सुवेदीको नाममा स्थापित विद्यावारिधिको सर्वोत्कृष्ट शोधग्रन्थलाई...

    पोखरामा शतप्रतिशत स्वदेशी लगानीमा हवाई इन्धन डिपो सञ्चालनमा

    पोखरा, असार १९ – आयल निगम लिमिटेडले आफ्नो ५५ वर्षे इतिहासमै पहिलोपटक पूर्ण रुपमा स्वदेशी...

    धरानको खानेपानी योजना : ‘एडीबीको ऋण नचाहिने, खोला–खोल्सीकै भरमा बाँच्ने’ — मेयर साम्पाङको कडा सन्देश

    धरान, असार १९ — धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले संघीय सरकार र खानेपानी मन्त्रालयलाई...

    गायिका एलिना चौहानमाथि अश्लील टिप्पणी गर्ने पक्राउ

    काठमाडौं, असार १९ –  लोकप्रिय गायिका एलिना चौहानमाथि सामाजिक सञ्जालमा अभद्र भाषा प्रयोग गरी गालीगलौज...