News Portal

  • फागुनमा ४,४६८ अपराधका मुद्दा दर्ता, बैंकिङ कसुर उच्च

    देशभर फागुन महिनामा मात्रै ४,४६८ आपराधिक घटनाका मुद्दा दर्ता भएका छन्।

    हिमालीसंचार संवाददाता
    १४५ पटक

    चैत्र ११,काठमाडौं – देशभर फागुन महिनामा मात्रै ४,४६८ आपराधिक घटनाका मुद्दा दर्ता भएका छन्। नेपाल प्रहरीका अनुसार तीमध्ये सबैभन्दा धेरै बैंकिङ कसुरका मुद्दा छन्, जसको संख्या १,१२७ रहेको छ।

    प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्यका अनुसार बैंकिङ कसुरअन्तर्गत सबैभन्दा बढी चेक बाउन्सका मुद्दा छन्। पछिल्लो समय प्रविधिको दुरुपयोग र सामाजिक सञ्जालबाट हुने अपराधमा वृद्धि भइरहेको उनले बताए।

    यस महिनामा सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा तथा नैतिकतासम्बन्धी ५२१, आत्महत्यासम्बन्धी ५०१, लागुऔषधसम्बन्धी ४१९, चोरीका २८६, जबर्जस्ती करणीका १६८, ठगीका १६२, सवारी ज्यानका १५४, ज्यान मार्ने उद्योगका ७१ तथा कर्तव्य ज्यानका ४२ मुद्दा दर्ता भएका छन्।

    प्रदेशगत रूपमा काठमाडौं उपत्यकामा सबैभन्दा धेरै १,३३७ मुद्दा दर्ता भएका छन्। मधेशमा ७१५, कोशीमा ६६५, लुम्बिनीमा ६१२, बागमतीमा ३७६, गण्डकीमा ३२३, सुदूरपश्चिममा २७९ तथा कर्णालीमा १६१ आपराधिक घटनाका मुद्दा दर्ता भएका छन्।

    प्रहरीले अपराध नियन्त्रणका लागि प्रविधिको प्रभावकारी प्रयोग गर्दै अनुसन्धानलाई अझ सशक्त बनाउने जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २ गतेको राशिफल

    आज भदौ २, २०८२ (अगस्त १८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कुवेतमा हरितालिका तीज विशेष सांगीतिक कार्यक्रम–प्रमुख आकर्षण प्रीति आले

    कुवेत, भदौ १ – नेपाली कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि कुवेतमा आयोजित हुने...

    विद्युत् प्राधिकरणले सरकारसँग ५ अर्ब रुपैयाँ ऋण लिएर काम सुरु

    काठमाडौं, भदौ १ – नेपाल विद्युत् प्राधिकरणले नगद अभावका कारण सरकारले उपलब्ध गराएको ५ अर्ब...

    गोंगबुमा श्रीमतीको हत्या गरेर फरार भएका सन्तोष वीरगञ्जबाट पक्राउ

    काठमाडौँ, भदौ १ – गोंगबुमा आफ्नै श्रीमतीको हत्या गरी शव बक्स पलङभित्र लुकाएर फरार भएका...

    प्रधानमन्त्री ओलीको निर्देशन : १५ दिनभित्र अनावश्यक निकाय खारेजी वा गाभ्ने योजना ल्याउन आदेश

    काठमाडौँ, भदौ १ – प्रधानमन्त्री केपी शर्मा ओलीले औचित्य नदेखिएका सरकारी निकायलाई खारेजी, गाभ्ने वा...