News Portal

प्रहरी अस्पतालबाट चोरी: एक व्यक्ति पक्राउ, लागुऔषध सेवनको आरोप

नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा चोरीको घटना भएको छ।

हिमालीसंचार संवाददाता
२३२ पटक

काठमाडौं, चैत्र १० – नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा चोरीको घटना भएको छ। अस्पतालका कर्मचारीहरू रुइस्का पन्त र बसन्ती महराका विभिन्न सामानहरू चोरी भएको हो।

चोरीको आरोपमा तनहुँका अमबरबहादुर श्रेष्ठ (२९) लाई पक्राउ गरिएको छ। अनुसन्धानका अनुसार, उनले १० फागुनमा अस्पतालको आईसीयू कक्षको स्टाफ रुममा राखिएका सामानहरू चोरी गरेका थिए।

रुइस्काको झोलामा रहेको १०० अमेरिकी डलर, २ हजार नेपाली रुपैयाँ, एटीएम कार्ड र प्रहरीको परिचयपत्र भएको पर्स चोरी भएको थियो भने, बसन्तीको १५ सय रुपैयाँ, पर्स र एप्पलको एअरपड्स समेत चोरी गरिएको थियो।

घटनापछि अस्पतालको सीसीटीभी फुटेजको आधारमा श्रेष्ठको पहिचान भएको थियो र उनलाई पक्राउ गरियो। अनुसन्धानमा, चोरीको समयमा उनले लागुऔषध सेवन गरेको पनि पाइएको छ। यस कारण उनलाई चोरी र लागुऔषधको कसुरमा मुद्दा दायर गरिएको छ।

पछिल्लो डेढ वर्षदेखि पठाओ चालकको रुपमा काम गर्दै आएका श्रेष्ठले घटनाको दिन बिरामी जाँच्ने बहानामा अस्पताल प्रवेश गरेका थिए।

हाल, श्रेष्ठको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ। अदालतमा बयानपछि थुनछेकको बहस हुनेछ र अदालतले उनलाई धरौटीमा रिहा गर्ने वा कारागार पठाउने निर्णय गर्ने छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...