News Portal

प्रहरी अस्पतालबाट चोरी: एक व्यक्ति पक्राउ, लागुऔषध सेवनको आरोप

नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा चोरीको घटना भएको छ।

हिमालीसंचार संवाददाता
१९१ पटक

काठमाडौं, चैत्र १० – नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा चोरीको घटना भएको छ। अस्पतालका कर्मचारीहरू रुइस्का पन्त र बसन्ती महराका विभिन्न सामानहरू चोरी भएको हो।

चोरीको आरोपमा तनहुँका अमबरबहादुर श्रेष्ठ (२९) लाई पक्राउ गरिएको छ। अनुसन्धानका अनुसार, उनले १० फागुनमा अस्पतालको आईसीयू कक्षको स्टाफ रुममा राखिएका सामानहरू चोरी गरेका थिए।

रुइस्काको झोलामा रहेको १०० अमेरिकी डलर, २ हजार नेपाली रुपैयाँ, एटीएम कार्ड र प्रहरीको परिचयपत्र भएको पर्स चोरी भएको थियो भने, बसन्तीको १५ सय रुपैयाँ, पर्स र एप्पलको एअरपड्स समेत चोरी गरिएको थियो।

घटनापछि अस्पतालको सीसीटीभी फुटेजको आधारमा श्रेष्ठको पहिचान भएको थियो र उनलाई पक्राउ गरियो। अनुसन्धानमा, चोरीको समयमा उनले लागुऔषध सेवन गरेको पनि पाइएको छ। यस कारण उनलाई चोरी र लागुऔषधको कसुरमा मुद्दा दायर गरिएको छ।

पछिल्लो डेढ वर्षदेखि पठाओ चालकको रुपमा काम गर्दै आएका श्रेष्ठले घटनाको दिन बिरामी जाँच्ने बहानामा अस्पताल प्रवेश गरेका थिए।

हाल, श्रेष्ठको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ। अदालतमा बयानपछि थुनछेकको बहस हुनेछ र अदालतले उनलाई धरौटीमा रिहा गर्ने वा कारागार पठाउने निर्णय गर्ने छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...