News Portal

बाँकेमा ट्यांकरको ठक्करबाट दुई बालकको मृत्यु, स्थानीय आक्रोशित

बाँकेमा ट्यांकरको ठक्करबाट दुई बालकको मृत्यु भए पछि स्थानीय आक्रोशित बनेका छन्।

संगीता गुरुङ
१७७ पटक

चैत्र १०, बाँके – डुडुवा गाउँपालिकास्थित बेतहनी चोकमा आइतबार दिउँसो पानी बोक्ने ट्यांकरको ठक्करबाट दुई बालकको ज्यान गएपछि स्थानीयबासी आक्रोशित बनेका छन्।

दुर्घटनापछि आक्रोशित भीडले ट्यांकरमा आगजनी गर्नुका साथै प्रहरी चौकी बेतहनीमा ढुंगामुढा गरेका छन्। स्थितिलाई नियन्त्रणमा लिन बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्की आफैँ नेतृत्व लिएर घटनास्थल पुगेका छन्।

जिल्लाका निमित्त प्रहरी प्रवक्ता यमबहादुर मल्लका अनुसार घटनालगत्तै ट्यांकरका चालकलाई नियन्त्रणमा लिई प्रहरी चौकीमा राखिएको थियो। तर, घटनापछि आक्रोशित स्थानीयले प्रहरी चौकीमै जम्मा भई ढुंगामुढा सुरु गरेका थिए।

स्थानीयबासीले दुर्घटनापछि ढिलो गरी मात्रै प्रहरी पुगेको भन्दै असन्तुष्टि जनाएका छन्। घटनापछि तनाव सिर्जना भएपछि प्रहरीले स्थानीयलाई शान्त राख्न आग्रह गरेको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...