News Portal

पूजाको भेटी टिप्ने क्रममा विवाद, हत्या भएको हुनसक्ने प्रहरीको अनुमान

हिमालीसंचार संवाददाता
२४८ पटक

चैत्र १०, भक्तपुर – मध्यपुर थिमी नगरपालिका–९, बोडे निलबाराहीस्थित पार्किङ स्थलनजिक आइतबार बिहान एक पुरुषको शव भेटिएको छ। प्रहरीका अनुसार बिहान ५:५५ बजे फेला परेको शव ६० वर्षीय ओम प्रकाश राईको रहेको खुलेको छ। उनी खोटाङ, केपिलासगढी गाउँपालिका–२ घर भई काठमाडौं उपत्यकामा कवाडी संकलन गर्ने काम गर्थे।

घटनास्थलमा रगताम्मे अवस्थामा शव फेला परेको थियो। मृतकको टाउकोमा गम्भीर चोट देखिएको छ भने दाहिने कानको लोती समेत चुडिएको थियो। नजिकै रगत लागेको ढुंगा फेला परेकाले प्रहरी हत्या भएको आशंकामा अनुसन्धान अघि बढाइरहेको छ।

अनुसन्धानका क्रममा घटनास्थलमा कवाडीका सामान भएको बोरा, क्याप, र झोला समेत भेटिएको छ। प्रहरीका अनुसार मृतकसँगै अन्य दुई व्यक्तिहरू पनि कवाडी संकलन गर्थे। उनीहरूमाथि निगरानी राखेर अनुसन्धान भइरहेको छ।

घटनास्थलनजिकै शनिबार लामाहरूले पूजापाठ गरेका थिए। प्रारम्भिक अनुसन्धानमा भेटी टिप्ने क्रममा विवाद हुँदा राईको हत्या भएको हुन सक्ने देखिएको छ। प्रहरीले मृतक यसअघि पनि पूजाको भेटी संकलन गर्न जाने गरेको पाइएको जानकारी दिएको छ।

राईका तीन छोरामध्ये एक छोरा काठमाडौंमा पठाओ चलाउने गर्छन्। उनले प्रहरीसँग शवको सनाखत गरिसकेका छन्। शवलाई पोस्टमार्टमका लागि भक्तपुर दुवाकोटस्थित केएमसी अस्पताल पठाइएको छ।

प्रहरीले घटनासँग जोडिएका अन्य व्यक्तिहरूलाई केन्द्रमा राखेर अनुसन्धान गरिरहेको छ। थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने बताइएको छ।

 

प्रतिकृया दिनुहोस्

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...