News Portal

पूजाको भेटी टिप्ने क्रममा विवाद, हत्या भएको हुनसक्ने प्रहरीको अनुमान

हिमालीसंचार संवाददाता
२८७ पटक

चैत्र १०, भक्तपुर – मध्यपुर थिमी नगरपालिका–९, बोडे निलबाराहीस्थित पार्किङ स्थलनजिक आइतबार बिहान एक पुरुषको शव भेटिएको छ। प्रहरीका अनुसार बिहान ५:५५ बजे फेला परेको शव ६० वर्षीय ओम प्रकाश राईको रहेको खुलेको छ। उनी खोटाङ, केपिलासगढी गाउँपालिका–२ घर भई काठमाडौं उपत्यकामा कवाडी संकलन गर्ने काम गर्थे।

घटनास्थलमा रगताम्मे अवस्थामा शव फेला परेको थियो। मृतकको टाउकोमा गम्भीर चोट देखिएको छ भने दाहिने कानको लोती समेत चुडिएको थियो। नजिकै रगत लागेको ढुंगा फेला परेकाले प्रहरी हत्या भएको आशंकामा अनुसन्धान अघि बढाइरहेको छ।

अनुसन्धानका क्रममा घटनास्थलमा कवाडीका सामान भएको बोरा, क्याप, र झोला समेत भेटिएको छ। प्रहरीका अनुसार मृतकसँगै अन्य दुई व्यक्तिहरू पनि कवाडी संकलन गर्थे। उनीहरूमाथि निगरानी राखेर अनुसन्धान भइरहेको छ।

घटनास्थलनजिकै शनिबार लामाहरूले पूजापाठ गरेका थिए। प्रारम्भिक अनुसन्धानमा भेटी टिप्ने क्रममा विवाद हुँदा राईको हत्या भएको हुन सक्ने देखिएको छ। प्रहरीले मृतक यसअघि पनि पूजाको भेटी संकलन गर्न जाने गरेको पाइएको जानकारी दिएको छ।

राईका तीन छोरामध्ये एक छोरा काठमाडौंमा पठाओ चलाउने गर्छन्। उनले प्रहरीसँग शवको सनाखत गरिसकेका छन्। शवलाई पोस्टमार्टमका लागि भक्तपुर दुवाकोटस्थित केएमसी अस्पताल पठाइएको छ।

प्रहरीले घटनासँग जोडिएका अन्य व्यक्तिहरूलाई केन्द्रमा राखेर अनुसन्धान गरिरहेको छ। थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने बताइएको छ।

 

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...