काभ्रेपलान्चोकमा चट्याङ लाग्दा एक युवक घाइते

काभ्रे, चैत्र १० – काभ्रेपलान्चोकको चौरीदेउराली गाउँपालिका-२ दुत्तीमा चट्याङ लागेर एक युवक घाइते भएका छन्। शनिबार साँझ घर नजिकै बसिरहेको अवस्थामा अचानक चट्याङ पर्दा २५ वर्षीय मोहन प्रधान घाइते भएका हुन्।
स्थानीय स्रोतका अनुसार चट्याङ लागेपछि उनलाई तत्कालै उपचारका लागि नजिकको अस्पताल पुर्याइयो। प्रारम्भिक उपचारपछि थप उपचार आवश्यक भएकाले धुलिखेल अस्पताल रेफर गरिएको छ। प्रहरीका अनुसार प्रधानको टाउकोमा चोट लागेको छ भने उनको स्वास्थ्य अवस्था मध्यम रहेको छ।

















