News Portal

इलाममा गोठमा बाँधेको जिउँदो गोरुको ४ किलो जति मासु फिलाबाट हड्डीसम्म खुर्किए

हिमालीसंचार संवाददाता
५३३ पटक

काठमाण्डौँ – इलाममा मासुका लागि गोठमा बाँधेको जिउँदै गोरुको फिला काटेर लागिएको छ । जिउँदो गोरुको ४ किलो जति फिलाबाट हड्डीसम्म खुर्किएर मासु निकालिएको घटना सामाजिक सञ्जालमा भाईरल छ । यसका बिषयमा थप अनुसन्धान भईरहेको छ।

घटना इलामको सूर्योदय नगरपालिका ६ कन्यामको हो । त्यहाँ गोठमा बाँधिएको एउटा गोरुको फिला काटेर लगिएको छ । उक्त गोरुको एकापाटा फिलाको भाग नै छैन । हड्डीसम्म खुर्किएर मासु निकालिएको छ । करिब चार किलो मासु निकालेर लगेको स्थानिय संचारकर्मी गोपाल गिरीले बताए ।गोठमा बाँधिएको पशु माथि पनि यस्तो व्यवहार गर्ने नेपाली नेपालमै जन्मिएको रहेछ।

पशुमाथि हुने निर्दयी व्यवहार रोक्न आवश्यक प्रक्रिया अगाडि बढे पनि  व्यवहारमा भने लागू भएको छैन।  पशुप्राणीलाई क्षमताभन्दा बढी भारी बोकाउने, अनावश्यक सताउने, दुःख दिने, यातनापूर्वक ढुवानी गर्ने, क्रूरतापूर्वक वध गर्ने जस्ता कार्यलाई मुलुकी अपराध संहिता ऐन २०७४ ले बन्देज लगाए पनि कार्यान्वयन भने भएको छैन। पशु स्वास्थ्य तथा पशु सेवा नियमावली २०७६ बमोजिम पशु ढुवानी मापदण्ड-२०६४ र पशु कल्याण निर्देशिका-२०७३ जारी भई छ।

‘पशुप्रति हुने निर्दयी व्यवहार रोक्न पशु कल्याणको क्षेत्रमा कार्य गर्न पशु सेवा विभाग अन्तर्गत एक कार्यालय स्थापना गर्नेगरी संगठन तथा व्यवस्थापन सर्वेक्षण अगाडि बढाइएको छ।

पशुप्राणीमाथि हुने कुनैपनि हिंसा बिरुद्ध कडा भन्दा कडा कानुन बनाउनुपर्ने सरोकारवालाले आवाज उठाइरहेका छन् । सर्वोच्च अदालतले २०७५ माघ २८ गते नेपाल सरकारलाई पशु कल्याणका लागि तुरुन्तै कानुन बनाउन आदेश समेत दिएको थियो । तर अहिलेसम्म ऐन बनेको छैन ।

प्रतिकृया दिनुहोस्

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...