News Portal

काठमाडौंमा चोरीका २७१ मोबाइलसहित ७ जना पक्राउ

प्रहरीले राजधानी काठमाडौंमा सञ्चालन भएको एक मोबाइल चोरी गिरोहलाई पक्राउ गरेको छ।

संगीता गुरुङ
२२५ पटक

८ चैत, काठमाडौं – प्रहरीले राजधानी काठमाडौंमा सञ्चालन भएको एक मोबाइल चोरी गिरोहलाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा गरिएको अपरेशनमा प्रहरीले २७१ थान मोबाइल, १५ थान ल्यापटप र ९ थान ट्याब बरामद गरेको छ।

पक्राउ पर्नेहरूमा काभ्रेको बेथानचोक गाउँपालिका–५ का ३५ वर्षीय प्रमोद परियार, खानिखोला गाउँपालिका–५ का २६ वर्षीय गुनराज न्यौपाने, रौतहटको चन्द्रनिगाहापुर नगरपालिका–१ का ३० वर्षीय हेमन्त राना मगर, दोलखाको शैलुङ गाउँपालिका–६ का २८ वर्षीय शम्भु विश्वकर्मा, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ का २२ वर्षीय राजेश चालिसे, दोलखाको कालिन्दोक गाउँपालिका–५ का २१ वर्षीय सबिन पाण्डे र काठमाडौं सिनामंगलका २० वर्षीय प्रकाश कटवाल छन्।

काठमाडौं जिल्ला प्रहरी परिसरको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइसकेको छ। एसपी तथा प्रहरी प्रवक्ता अपिलराज बोहोराका अनुसार बरामद मोबाइलहरूमध्ये १८ वटा आइफोन रहेका छन्।

अनुसन्धानको क्रममा यो गिरोह भक्तपुरको जगातीस्थित सरोज मोबाइल रिपेयरिङ सेन्टरमार्फत चोरीका मोबाइल बिक्री गर्ने गरेको पाइएको छ। चोरी तथा पाकेटमारीका घटनाहरू बढिरहेका बेला प्रहरीले गरेको यो कारबाहीलाई महत्वपूर्ण मानिएको छ।

थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...