News Portal

रौतहटमा परीक्षामा कडाइ : १ हजार ४ सय २४ मोबाइल बरामद, दुई जनालाई पक्राउ

रौतहटमा एसईई परीक्षा सञ्चालनका क्रममा प्रहरीले १,४२४ वटा मोबाइल बरामद गरी परीक्षामा अनियमितता गर्न खोज्ने दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

संगीता गुरुङ
१६८ पटक

चैत्र ८, रौतहट – एसईई परीक्षा सञ्चालनका क्रममा प्रहरीले १,४२४ वटा मोबाइल बरामद गरेको छ। परीक्षा निष्पक्ष बनाउन निगरानी गरिएको बेला परीक्षामा अनियमितता गर्न खोज्ने दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार यमुनामाई गाउँपालिका-५ स्थित यमुनामाई मावि परीक्षा केन्द्रमा एक परीक्षा निरीक्षकले आर्थिक लेनदेन गर्दै मोबाइल भित्र्याएको भेटिएको छ। त्यस्तै, मौलापुर नगरपालिका-५ स्थित लक्ष्मीपुर मावि परीक्षा केन्द्रबाहिर चिट उपलब्ध गराउने कार्यमा संलग्न एक व्यक्ति पक्राउ परेका छन्।

प्रहरीका अनुसार पक्राउ परेकाहरूको नाम गोप्य राखिएको छ भने उनीहरूविरुद्ध कानुनी प्रक्रिया अगाडि बढाइएको छ। जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

यसअघि सामाजिक सञ्जालमार्फत नकल प्रवृत्ति मौलाउँदै गएकाले यस वर्षको परीक्षामा कडाइ गरिएको प्रहरीको भनाइ छ। परीक्षा मर्यादित राख्न विशेष सुरक्षा व्यवस्था गरिएको र अनियमित गतिविधिमा संलग्न जो कोहीलाई कारबाही गरिने प्रहरी प्रशासनले चेतावनी दिएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...