News Portal

  • स्वर्णलक्ष्मी सहकारी प्रकरण: रवि लामिछाने पुनरावेदनका लागि उच्च अदालत जाँदै

    रवि लामिछाने स्वर्णलक्ष्मी सहकारी बचत अपचलन प्रकरणमा पुनरावेदनका लागि आज पाटन उच्च अदालत जाने भएका छन्।

    संगीता गुरुङ
    २०२ पटक

    चैत्र ८, काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने स्वर्णलक्ष्मी सहकारी बचत अपचलन प्रकरणमा पुनरावेदनका लागि आज पाटन उच्च अदालत जाने भएका छन्।

    सूत्रका अनुसार लामिछाने बिहान ११ बजे अदालत पुगेर पुनरावेदन दर्ता गर्नेछन्। स्वर्णलक्ष्मी सहकारीले ६९० जना बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ। यही प्रकरणमा संलग्न रहेको दाबी गर्दै अदालतमा मुद्दा दायर गरिएको थियो।

    यसअघि काठमाडौं जिल्ला अदालतले माघ २ गते लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। तर, सो आदेश त्रुटिपूर्ण रहेको भन्दै सरकारले पाटन उच्च अदालतमा पुनरावलोकनका लागि निवेदन दर्ता गरिसकेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    फूलासीबाट फिनालेसम्म: बिध्या चौहानको प्रेरणादायी यात्रा

    काठमाडौँ, कार्तिक २४ – मिसेस नेपाल वर्ल्ड २०२५ की चर्चित प्रतिस्पर्धीमध्ये एक हुन् बिध्या चौहान।...

    धनपालथानका सुर्जालालका छोराको आँखा उपचारका लागि सहयोगको अपिल

    रबिन्द्र बराल/मोरङ, कार्तिक २४ – मोरङको धनपालथान गाउँपालिका वडा नं. ५ स्थित रामपुर बैरियामा वर्षौंदेखि...

    भीम रावलको अभियान नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै

    काठमाडौँ, कार्तिक २४ — पूर्वएमाले उपाध्यक्ष भीम रावलले नेतृत्व गरेको ‘मातृभूमि जागरण अभियान, नेपाल’ अब...

    इक्वेडरको मचाला जेलमा दङ्गा : ३१ कैदीको मृत्यु

    क्विटो, कार्तिक २४  — इक्वेडरको मचाला जेलमा आइतबार भएको हिंसात्मक भिडन्तमा कम्तीमा ३१ कैदीको मृत्यु...

    काठमाडौंमा बुवाको हत्या आरोपमा छोरा पक्राउ

    काठमाडौं, कार्तिक २४ — काठमाडौं महानगरपालिका–१५ किमडोलमा बुवाको हत्या आरोपमा एक छोरा पक्राउ परेका छन्।...