News Portal

माल्टा सम्मेलनको कुनै औचित्य छैन, सम्मेलनको नाममा जथाभावी खर्च बन्द गर: पूर्व युरोप संयोजक आचार्य

हिमालीसंचार संवाददाता
३८८ पटक

काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए) अभियन्ता तथा पूर्व युरोप क्षेत्रिय संयोजक नारायण आचार्यले आगामी मे महिनामा काठमाडौँमा हुन गैईरहेको एकताको अधिवेशनको तयारीलाई नै असर पर्नेगरी माल्टामा आयोजना गर्न लागिएको भनिएको क्षेत्रीय सम्मेलनको कुनै औचित्य नभएको जनाएका छन्।

“सर्वोच्च अदालतको परमादेश अनुसार यही मे ३-५, २०२५ मा काठमाडौँमा हुन गैरहेको एकता महाधिवेशनलाई असर पर्नेगरी कुनै पनि गतिविधि नगर्न, नगराउन उच्चस्तरीय समितिले सबै एनसीसीहरुलाई पत्राचार गरिसकेको छ। अदालतको अबहेलना हुने गरी साथै एनआरएनएको एकतामै असर पर्नेगरी कुनै पनि सभा सम्मेलन नगर्न म सबै साथीहरुलाई अपिल गर्दछु,” आचार्यले भने।

युरोपका एनसीसीहरुलाई माल्टाको अधिवेशनमा सहभागी भई समय र पैसा खर्चिनु भन्दा ३१ मार्चभित्र सदस्यता वितरण गरी ठूलो संख्यामा काठमाडौँमा आयोजना हुन गइरहेको एकताको अधिवेशनमा सहभागी हुने वातावरण बनाउन उनले आग्रह गरे।

“नागरिकता, सुरक्षित आप्रवासन, प्रवासमा रहेका नेपालीहरुको मताधिकार लगायतका विषयमा नेपालमै आएर नेपाल सरकारलाई दबाब दिन जरुरी छ, त्यसैले अहिलेको अवस्थामा क्षेत्रीय सम्मेलनको नाममा लाखौं युरो खर्च गर्नु जरुरी छैन। त्यहाँ छलफल गर्ने विषयहरु काठमाडौँमै आएर छलफल गरौँ,” उनले भने।

साथै माल्टाको क्षेत्रीय सम्मेलनका नाममा विना अनुमति विभिन्न व्यक्ति र संस्थाहरुको अनुमतिबिनै सहयोग उपलब्ध तथा स्पन्सर गरेको भनी फ्लाएर बनाएर सामाजिक संजालमा प्रचारप्रसार गरेर जनमानसमा भ्रम सृजना गरिएको छ। भविष्यमा यी सबै गतिविधिको हिसाबकिताब बद्रि केसी समूहले दिनुपर्ने उनले जनाए।

पूर्व युरोप संयोजक आचार्यले थाइल्याण्ड र कम्बोडियामा विभिन्न सम्मेलनको नाममा करोडौं रुपियाँ खर्च गर्ने बद्री केसी समूहको अराजक गतिविधिको पनि आलोचना गरे। आगामी में ५ मा अधिवेशन सकिएपछि बन्ने नयाँ कार्यसमितिले एक छानबिन आयोग गठन गरी केसी र उनको टोलीमाथि गम्भीर छानबिन गर्न जरूरी छ र संस्थाको कोष दुरुपयोग गर्नेहरु विरुद्ध कानूनी कारवाही चलाइने छ,” उनले भने। उनले सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयको निर्देशन अनुसार बालुवाटारस्थित संघको केन्द्रिय सचिवालय तत्काल उच्चस्तरीय समितिलाई हस्तान्तरण गर्न माग पनि गरे।

“एकता महाधिवेशन आयोजना गरी एनआरएनएको गुमेको साख जोगाउने यो अन्तिम अवसर हो, त्यसैले कुनै भ्रममा नपरौं, यसलाई खेर नफालौं,” आचार्यले भने।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...