News Portal

  • एनआरएनए एनसीसी अमेरिकाको बैठकः एकताको दिशामा नयाँ सहमति

    हिमालीसंचार संवाददाता
    १७८ पटक

    काठमाडौँ। सर्वोच्च अदालतको परमादेशपछि गठित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को उच्चस्तरीय समितिले आयोजना गरेको मे ३–५, २०२५ मा काठमाडौँमा हुने अन्तर्राष्ट्रिय एकताको महाधिवेशनका लागि विभिन्न देशहरूमा विभाजित भएका पक्षहरूको आपसी बैठक हुन थालेको छ।

    एनआरएनए अमेरिकामा पनि दुई फरक अभ्यास गरिरहेका एनआरएनए एनसीसी (राष्ट्रिय सङ्गठन/परिषद्)हरूको पहिलो बैठक सम्पन्न भएको छ।

    अमेरिकामा एनआरएनएलाई दुईबाट एउटा सिङ्गो बनाउनको लागि एनआरएनए अमेरिकाका एउटा पक्षका अध्यक्ष सूर्य लम्साल र अर्को पक्षका अध्यक्ष डा. अर्जुन बन्जाडेको नेतृत्वका टोलीबिच यही पछिल्लो सोमबार पहिलो बैठक भएको हो।

    एनआरएनए अमेरिकाका सूर्य लम्साल पक्षले एनआरएनए उच्चस्तरीय समितिको पत्र अनुसार आगामी मे ३–५, काठमाडौँमा हुने महाधिवेशन र राष्ट्रिय महाधिवेशनबारे छलफल र निर्णय गर्न मार्च ३, २०२५ मा आफ्नो सङ्गठनको बैठक बोलाएको थियो। सोही मार्च ३ को एनआरएनए अमेरिकाको बोर्ड बैठकले अमेरिकाको अर्को एनआरएनए पक्ष डा. अर्जुन बन्जाडेको एनसिसीसँग एकताको महाधिवेशनको वातावरण बनाउनका लागि पहल गर्ने अध्यक्ष लम्साल र महासचिव यदु बन्जाराको कमिटी नै गरेको थियो।

    उक्त कमिटीले मार्च १६ मा एनआरएन एनसिसी अमेरिकाका अर्को पक्षका अध्यक्ष डा. बन्जाडे र महासचिव रामहरि अधिकारीलाई सहकार्यको लागि पत्राचार गरेको थियो। उक्त पत्र एनआरएनए उच्चस्तरीय समितिका सबै सदस्य र एनआरएनए अमेरिकाका पूर्व अध्यक्षहरूलाई पनि बोधार्थ दिइएको थियो।

    एनसीसी अमेरिकाका अध्यक्ष लम्साल नेतृत्वले मार्च १७ मा एनआरएनए एनसीसी अमेरिकाका दुवै पक्षका अध्यक्ष र महासचिवलाई बैठकमा सहभागी हुन आमन्त्रण गरेको थियो। यसै अनुरूप, डा। बन्जाडे नेतृत्वले आफ्नो तर्फबाट आफू, महासचिव, र सचिव गरी तीन जनाको सहभागिता सुनिश्चित गरेपछि सोही दिन पहिलो बैठक सम्पन्न भएको हो।

    बैठकमा भएको सहमति:-

    १) एनआरएनए उच्चस्तरीय समितिद्वारा आयोजना गरिएको मे ३–५, २०२५ को महाधिवेशनमा भाग लिन सबैलाई सदस्यता लिन आव्हान गर्ने।

    २) लम्साल नेतृत्वको एनसीसीले पहिल्यै सदस्यता खुला गरिसकेको छ भने डा। बन्जाडे नेतृत्वको एनसीसीले तुरुन्तै सदस्यता खोल्ने, अन्यथा एनआरएनए उच्चस्तरीय समितिको वेबसाइटमार्फत सदस्यता बन्न अनुरोध गर्ने। पछि दुवै पक्षका सदस्यतालाई एकीकृत गर्ने।

    ३) दुवै पक्षले एनआरएनए उच्चस्तरीय समितिलाई आजीवन सदस्यता तथा मार्च ३१ मध्यरातसम्म लिइएको सदस्यताको सूची पठाउने। आजीवन सदस्यताको सूची तुरुन्तै पठाउने।

    ४) गत वर्ष सदस्यता लिएकाहरूको म्याद अझै बाँकी भएकाले मे २०२५ सम्मका लागि स्वतः नवीकरण गर्ने र यसको जानकारी दिने।

    ५) एनआरएनए अमेरिकाको एकता महाधिवेशन जुलाई २०२५ मा गर्ने। यस सम्बन्धी थप निर्णय अर्को बैठकले गर्ने।

    यस बैठकले एनआरएनए एनसीसी अमेरिकामा एकता ल्याउन महत्त्वपूर्ण पहल गरेको रूपमा एनआरएन अभियन्ताहरूले लिएका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सङ्खुवासभामा भूकम्पको धक्का

    काठमाडौँ – सङ्खुवासभा जिल्लाको मघाङ आसपास केन्द्रबिन्दु भएर आइतबार राति ४.४ स्थानीय परिमाणको भूकम्प गएको...

    उपसभामुख राना मगरको विदेश भ्रमणमा विवाद: १० पटक स्वीकृति बिना यात्रा

    काठमाडौँ, भदौ ६ – प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर १७ पटक विदेश भ्रमणमा गएकी...

    प्रभु साह– ठगी आरोपमा निष्कासन पाएका नेतालाई प्रधानमन्त्री ओलीले भ्रमपूर्ण प्रचार गर्दै एमालेमा भित्र्याए

    काठमाडौँ, भदौ ६ – आम जनता पार्टी (आजपा) का अध्यक्ष उपेन्द्र साहले एमाले अध्यक्ष तथा...

    लाल बकैया खोलाको जलसतह सतर्कता तह नाघ्यो

    काठमाडौँ, भदौ ६ – मकवानपुरको लाल बकैया खोलामा लगातारको वर्षापछि पानीको सतह सतर्कता तह नाघेको...

    रुपन्देहीमा नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण: थप एक व्यक्ति पक्राउ

    बुटवल, भदौ ६ – रुपन्देही प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाउने र वितरण गर्ने कारोबारमा संलग्न...