News Portal

साताभर ओरालो: सेयर बजार निरन्तर घट्दा लगानीकर्तामा चिन्ता

हिमालीसंचार संवाददाता
३२७ पटक

चैत्र ७, काठमाडौं – यो साताभर सेयर बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ताहरूमा चिन्ता बढेको छ। साताको पहिलो दिन आइतबारदेखि सुरू भएको गिरावट बिहीबारसम्म रोकिएन।

बिहीबार नेप्से परिसूचक १२.२८ अंकले घट्दै २,६६९.७६ विन्दुमा पुगेको छ। यसअघि आइतबार २१.६४ अंकले घटेको बजार सोमबार १०.१४, मंगलबार ७.६६, र बुधबार १४.८८ अंकले ओरालो लागेको थियो।

कारोबार रकम पनि निरन्तर घटेको छ। बिहीबार ३१२ कम्पनीका ९५ लाख ९९ हजार ३४३ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड १३ लाख ११ हजार २८२ रुपैयाँ बराबरको कारोबार भयो। आइतबार ६ अर्ब ८३ करोडको सेयर कारोबार भएकोमा सोमबार ५ अर्ब ४० करोड, मंगलबार ४ अर्ब, र बुधबार ५ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो।

साताभर कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा पुग्न सकेन। बिहीबार डोल्टी पावरको सेयर सबैभन्दा धेरै ७.५६ प्रतिशतले बढ्दा मिथिला लघुवित्त वित्तीय संस्था र भूगोल इनर्जी डेभलपमेन्टको सेयर १० प्रतिशतले घटेपछि नकारात्मक सर्किट लागेको छ।

कारोबार रकमको हिसाबले नेपाल रिइन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। कम्पनीको २८ करोड २१ लाख रुपैयाँ बराबरको कारोबार भयो। त्यसैगरी, हिमालयन रिइन्स्योरेन्सको २३ करोड, सिन्धु विकास बैंक र युनाइटेड मोदी हाइड्रोपावरको १६/१६ करोड, र घलेम्दी हाइड्रोको १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

यस साता ६२ कम्पनीका सेयरमूल्य बढे पनि १७५ को घट्यो, भने ७ कम्पनीको मूल्य स्थिर रह्यो। अधिकांश उपसूचकहरू नकारात्मक देखिए पनि ट्रेडिङ समूह भने सकारात्मक रह्यो।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...