News Portal

साताभर ओरालो: सेयर बजार निरन्तर घट्दा लगानीकर्तामा चिन्ता

हिमालीसंचार संवाददाता
२३१ पटक

चैत्र ७, काठमाडौं – यो साताभर सेयर बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ताहरूमा चिन्ता बढेको छ। साताको पहिलो दिन आइतबारदेखि सुरू भएको गिरावट बिहीबारसम्म रोकिएन।

बिहीबार नेप्से परिसूचक १२.२८ अंकले घट्दै २,६६९.७६ विन्दुमा पुगेको छ। यसअघि आइतबार २१.६४ अंकले घटेको बजार सोमबार १०.१४, मंगलबार ७.६६, र बुधबार १४.८८ अंकले ओरालो लागेको थियो।

कारोबार रकम पनि निरन्तर घटेको छ। बिहीबार ३१२ कम्पनीका ९५ लाख ९९ हजार ३४३ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड १३ लाख ११ हजार २८२ रुपैयाँ बराबरको कारोबार भयो। आइतबार ६ अर्ब ८३ करोडको सेयर कारोबार भएकोमा सोमबार ५ अर्ब ४० करोड, मंगलबार ४ अर्ब, र बुधबार ५ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो।

साताभर कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा पुग्न सकेन। बिहीबार डोल्टी पावरको सेयर सबैभन्दा धेरै ७.५६ प्रतिशतले बढ्दा मिथिला लघुवित्त वित्तीय संस्था र भूगोल इनर्जी डेभलपमेन्टको सेयर १० प्रतिशतले घटेपछि नकारात्मक सर्किट लागेको छ।

कारोबार रकमको हिसाबले नेपाल रिइन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। कम्पनीको २८ करोड २१ लाख रुपैयाँ बराबरको कारोबार भयो। त्यसैगरी, हिमालयन रिइन्स्योरेन्सको २३ करोड, सिन्धु विकास बैंक र युनाइटेड मोदी हाइड्रोपावरको १६/१६ करोड, र घलेम्दी हाइड्रोको १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

यस साता ६२ कम्पनीका सेयरमूल्य बढे पनि १७५ को घट्यो, भने ७ कम्पनीको मूल्य स्थिर रह्यो। अधिकांश उपसूचकहरू नकारात्मक देखिए पनि ट्रेडिङ समूह भने सकारात्मक रह्यो।

प्रतिकृया दिनुहोस्

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...