News Portal

बबरमहल चोकमा सडक दुर्घटना, २६ वर्षीय युवकको मृत्यु

काठमाडौं महानगरपालिका-११ स्थित बबरमहल चोक नजिक एक मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

संगीता गुरुङ
१७३ पटक

काठमाडौं, चैत्र ७ – काठमाडौं महानगरपालिका-११ स्थित बबरमहल चोक नजिक एक मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

बुधबार राति बा ८६ प ९०४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको थियो। दुर्घटनामा परी गम्भीर घाइते भएका २६ वर्षीय इसान राईको उपचारका क्रममा निधन भएको हो। उनी खोटाङका स्थायी बासिन्दा हुन् भने हाल भक्तपुरको थिमिमा बस्दै आएका थिए।

घटनापछि उनलाई उपचारका लागि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल लगिएको थियो। तर, गम्भीर चोटका कारण चिकित्सकहरूले उनलाई बचाउन सकेनन्।

प्रहरीका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

 

प्रतिकृया दिनुहोस्

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...