News Portal

प्रतिनिधिसभा बैठक सुरू, प्रधानमन्त्रीले दिए सांसदहरूको प्रश्नको जवाफ

हिमालीसंचार संवाददाता
१७३ पटक

काठमाडौं, चैत्र ७ – संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक बिहीबारदेखि सुरू भएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ।

बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले “आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१” माथि दफावार छलफल अगाडि बढाउन प्रस्ताव पेश गरेका छन्। उक्त विधेयकमा आएका संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ।

त्यस्तै, अर्थमन्त्री पौडेलले “निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१” संसदमा छलफलका लागि पेश गर्ने कार्यसूची रहेको छ। यसबाहेक, “आर्थिक तथा व्यवसायिक वातावरण सुधार तथा लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८१” माथि पनि छलफल अघि बढाइनेछ।

अर्थमन्त्री पौडेलले प्रस्तुत गर्ने विधेयकहरू आर्थिक सुधार, निजीकरण, तथा लगानीमैत्री वातावरण निर्माणमा केन्द्रित छन्। यी विधेयकहरू पारित भएपछि देशको आर्थिक व्यवस्थापनलाई अझ व्यवस्थित बनाउने सरकारको योजना रहेको छ।

प्रतिकृया दिनुहोस्

हुम्लामा भारी हिमपात, जनजीवन प्रभावित तर किसान खुसी

हुम्ला, १५ माघ – हुम्लामा लगातार दुई दिनसम्म परेको भारी हिमपातले जनजीवनलाई प्रभावित पारेको छ।...

सुनचाँदीको भाउमा तीव्र वृद्धि, एकैदिन तोलामा २० हजारभन्दा बढी महँगियो सुन

काठमाडौं, माघ १५ – नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ उचाइ लिँदै गएको छ ।...

पश्चिम बंगालमा Nipah भाइरस देखिएपछि नेपालमा सतर्कता कडा

काठमाडौं, माघ १५ – भारतको पश्चिम बंगालमा Nipah भाइरसका केही पुष्टि भएका केसहरू भेटिएपछि दक्षिण...

आज २०८२ साल माघ १५ गतेको राशिफल

आज माघ १५, २०८२ (जनवरी २९, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...