News Portal

प्रतिनिधिसभा बैठक सुरू, प्रधानमन्त्रीले दिए सांसदहरूको प्रश्नको जवाफ

हिमालीसंचार संवाददाता
२०७ पटक

काठमाडौं, चैत्र ७ – संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक बिहीबारदेखि सुरू भएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ।

बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले “आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१” माथि दफावार छलफल अगाडि बढाउन प्रस्ताव पेश गरेका छन्। उक्त विधेयकमा आएका संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ।

त्यस्तै, अर्थमन्त्री पौडेलले “निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१” संसदमा छलफलका लागि पेश गर्ने कार्यसूची रहेको छ। यसबाहेक, “आर्थिक तथा व्यवसायिक वातावरण सुधार तथा लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८१” माथि पनि छलफल अघि बढाइनेछ।

अर्थमन्त्री पौडेलले प्रस्तुत गर्ने विधेयकहरू आर्थिक सुधार, निजीकरण, तथा लगानीमैत्री वातावरण निर्माणमा केन्द्रित छन्। यी विधेयकहरू पारित भएपछि देशको आर्थिक व्यवस्थापनलाई अझ व्यवस्थित बनाउने सरकारको योजना रहेको छ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...