News Portal

एसईई अंग्रेजी प्रश्नपत्र लीक: परीक्षा प्रणालीमा पुनः प्रश्नचिह्न

एसईई परीक्षा अन्तर्गत आज बिहान भएको अंग्रेजी विषयको प्रश्नपत्र परीक्षा सुरु भएको एक घण्टामै बाहिरिएको छ।

हिमालीसंचार संवाददाता
३४६ पटक

काठमाडौं, ७ चैत्र – एसईई परीक्षा अन्तर्गत आज बिहान भएको अंग्रेजी विषयको प्रश्नपत्र परीक्षा सुरु भएको एक घण्टामै बाहिरिएको छ। जनकपुरको एक परीक्षा केन्द्रबाट प्रश्नपत्र बाहिरिएको आशंका गरिए पनि ठ्याक्कै कुन केन्द्रबाट लीक भएको हो भन्ने खुल्न सकेको छैन।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रश्नपत्र सार्वजनिक भएको जानकारी प्राप्त भएको छ। प्रारम्भिक अनुमान अनुसार, केन्द्राध्यक्षकै संलग्नता हुन सक्ने सम्भावना रहेकाले यस विषयमा अनुसन्धान भइरहेको परीक्षा नियन्त्रण कार्यालयका एक अधिकारीले बताएका छन्।

यसैबीच, धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले भने प्रश्नपत्र लीकबारे कुनै जानकारी नभएको बताएका छन्। उनका अनुसार, अनुगमन टोलीले विभिन्न परीक्षा केन्द्रको निरीक्षण गर्दा परीक्षा मर्यादित रूपमा सञ्चालन भइरहेको पाइएको छ।

मधेश प्रदेशमा धनुषा जिल्लाबाट सबैभन्दा धेरै विद्यार्थी एसईई परीक्षामा सहभागी भएका छन्। यस वर्ष मात्र १९५ विद्यालयका १३ हजार ६५४ विद्यार्थी परीक्षामा सामेल भएका छन्।

आज बिहान ८ बजेदेखि अनिवार्य अंग्रेजी विषयको परीक्षा सुरु भएको थियो। परीक्षा नियन्त्रण कार्यालय, सानोठीमीका अनुसार अधिकांश केन्द्रहरूमा परीक्षा शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ।

 

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...