News Portal

एसईई अंग्रेजी प्रश्नपत्र लीक: परीक्षा प्रणालीमा पुनः प्रश्नचिह्न

एसईई परीक्षा अन्तर्गत आज बिहान भएको अंग्रेजी विषयको प्रश्नपत्र परीक्षा सुरु भएको एक घण्टामै बाहिरिएको छ।

हिमालीसंचार संवाददाता
२९१ पटक

काठमाडौं, ७ चैत्र – एसईई परीक्षा अन्तर्गत आज बिहान भएको अंग्रेजी विषयको प्रश्नपत्र परीक्षा सुरु भएको एक घण्टामै बाहिरिएको छ। जनकपुरको एक परीक्षा केन्द्रबाट प्रश्नपत्र बाहिरिएको आशंका गरिए पनि ठ्याक्कै कुन केन्द्रबाट लीक भएको हो भन्ने खुल्न सकेको छैन।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रश्नपत्र सार्वजनिक भएको जानकारी प्राप्त भएको छ। प्रारम्भिक अनुमान अनुसार, केन्द्राध्यक्षकै संलग्नता हुन सक्ने सम्भावना रहेकाले यस विषयमा अनुसन्धान भइरहेको परीक्षा नियन्त्रण कार्यालयका एक अधिकारीले बताएका छन्।

यसैबीच, धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले भने प्रश्नपत्र लीकबारे कुनै जानकारी नभएको बताएका छन्। उनका अनुसार, अनुगमन टोलीले विभिन्न परीक्षा केन्द्रको निरीक्षण गर्दा परीक्षा मर्यादित रूपमा सञ्चालन भइरहेको पाइएको छ।

मधेश प्रदेशमा धनुषा जिल्लाबाट सबैभन्दा धेरै विद्यार्थी एसईई परीक्षामा सहभागी भएका छन्। यस वर्ष मात्र १९५ विद्यालयका १३ हजार ६५४ विद्यार्थी परीक्षामा सामेल भएका छन्।

आज बिहान ८ बजेदेखि अनिवार्य अंग्रेजी विषयको परीक्षा सुरु भएको थियो। परीक्षा नियन्त्रण कार्यालय, सानोठीमीका अनुसार अधिकांश केन्द्रहरूमा परीक्षा शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ।

 

प्रतिकृया दिनुहोस्

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...