News Portal

पूर्वपश्चिम राजमार्गमा ग्यास बुलेट दुर्घटना, ठूलो क्षति टर्यो

मकवानपुरको हेटौंडामा आज बिहान ग्यास बुलेट र ट्रक एक आपसमा ठोक्किँदा ग्यास बुलेट सडक किनारमा पल्टिएको छ।

संगीता गुरुङ
१६८ पटक

चैत्र ७, मकवानपुर – हेटौंडामा आज बिहान ग्यास बुलेट र ट्रक एक आपसमा ठोक्किँदा ग्यास बुलेट सडक किनारमा पल्टिएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार, बिहान करिब ७:१५ बजे हेटौंडा उपमहानगरपालिका-८ स्थित पूर्वपश्चिम राजमार्गमा वीरगन्जबाट धार्के जाँदै गरेको भारतीय ग्यास बुलेट (एनएल ०१ एए ५००७) र विपरीत दिशाबाट आइरहेको ट्रक (ग १ ख ९४८१) ठोक्किएको हो।

दुर्घटनापछि ग्यास बुलेट सडक छेउमा पल्टिएको भए पनि कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। साथै, सडकमा अवरोध सिर्जना नभएको र सवारी आवागमन सामान्य रूपमा सञ्चालन भइरहेको जनाइएको छ।

प्रहरीका अनुसार दुर्घटनाको विस्तृत अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...