News Portal

आजको राशिफल

आज चैत्र ७, २०८१ (मार्च २०, २०२५) को राशिफल यस प्रकार रहेको छ:

हिमालीसंचार संवाददाता
२०३ पटक

आज चैत्र ७, २०८१ (मार्च २०, २०२५) को राशिफल यस प्रकार रहेको छ:

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

नजिकको व्यक्तिबाट धोका हुन सक्छ, सचेत रहनुहोस्। कार्यक्षेत्रमा आत्मनिर्भर बन्ने प्रयास गर्नुहोला। स्वास्थ्य राम्रो रहनेछ, तर खानपानमा ध्यान दिनु आवश्यक छ। (शुभ रंग: हल्का पहेँलो, शुभ अंक: ७)

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

घरेलु तथा सामाजिक कार्यमा व्यस्त रहनुहुनेछ। रोकिएका काम बन्नेछन्, जसले मन प्रसन्न पार्नेछ। प्रशासनिक तथा सरकारी काममा सफलता मिल्ने सम्भावना छ। (शुभ रंग: सेतो, शुभ अंक: ५)

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

काममा सफलता प्राप्त हुनेछ। पारिवारिक वातावरण सुखद रहनेछ। नयाँ अवसरहरू आउन सक्छन्, जसले आर्थिक पक्ष सबल बनाउनेछ। (शुभ रंग: रातो, शुभ अंक: ८)

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

प्रियजनहरूसँग रमाइलो समय बित्नेछ। व्यवसायिक यात्राहरू फलदायी हुनेछन्। अन्यको विवादमा नअल्झनुहोला। (शुभ रंग: सुन्तला, शुभ अंक: ६)

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

मेहनतको राम्रो परिणाम पाइनेछ। स्वास्थ्यमा सुधार ल्याउन खानपानमा ध्यान दिनुहोस्। सवारी साधनमा खर्च हुन सक्छ। (शुभ रंग: रातो, शुभ अंक: ८)

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

सामाजिक प्रतिष्ठा बढ्नेछ। पारिवारिक सम्बन्धहरू मजबुत बन्नेछन्। प्रेम सम्बन्धमा सामान्य तनाव आउन सक्छ। (शुभ रंग: हरियो, शुभ अंक: ७)

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

काममा सफलता मिल्नेछ। साझेदारी व्यापारमा फाइदा हुनेछ। पुराना विचार त्यागी नयाँ योजनाहरूलाई प्राथमिकता दिनुहोस्। (शुभ रंग: गुलाबी, शुभ अंक: २)

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

व्यवसाय तथा शेयर बजारमा लाभ हुनेछ। कार्यक्षेत्रमा सहयोगी वातावरण रहन्छ। पारिवारिक समर्थन पाइनेछ। (शुभ रंग: सिन्दुरी, शुभ अंक: ९)

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

पहिले गरेको मेहनतको प्रतिफल प्राप्त हुनेछ। पारिवारिक वातावरण सुखद रहनेछ। नयाँ लगानीका लागि सोच्नुपर्छ। (शुभ रंग: रातो, शुभ अंक: १)

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)

काम समयमा नै सम्पन्न हुनेछ। व्यापार व्यवसायमा राम्रो फाइदा हुनेछ। सल्लाह दिने वा लिने कुरामा सावधानी अपनाउनुहोस्। (शुभ रंग: केसरी, शुभ अंक: २)

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

व्यापारमा नयाँ निर्णयहरू फाइदाजनक रहनेछन्। ऋण तिर्न सकिनेछ। खर्चको व्यवस्थापन गर्न आवश्यक छ। (शुभ रंग: खैरो, शुभ अंक: ३)

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

विदेश यात्रा वा रोजगारीका लागि अनुकूल समय छ। धार्मिक गतिविधिमा रुचि बढ्नेछ। स्वास्थ्यमा ध्यान दिनुहोस्। (शुभ रंग: निलो, शुभ अंक: ५)

तपाईंको दिन शुभ रहोस्!

प्रतिकृया दिनुहोस्

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...