News Portal

सेयर बजारमा गिरावटको क्रम जारी, कारोबार रकममा वृद्धि

नेपाली सेयर बजारमा आज पनि गिरावटको क्रम जारी रह्यो।

हिमालीसंचार संवाददाता
३४४ पटक

चैत्र ६, काठमाडौं – नेपाली सेयर बजारमा आज पनि गिरावटको क्रम जारी रह्यो। अघिल्लो दिन ७.६ अंकको गिरावटपछि आज बजारमा थप १४.८ अंकको घटोत्तरी देखियो, जसले बजारलाई १९०० अंकको तल पुर्‍याएको छ। तथापि, बजार घटेपनि कारोबार रकममा वृद्धि भएको छ।

अघिल्लो दिन ४ अर्ब ३४ करोडको कारोबार भएकोमा आज कारोबार रकम ५ अर्ब १४ करोड पुगेको छ। ५३ कम्पनीका शेयर मूल्यमा वृद्धि देखिए पनि १८३ कम्पनीका मूल्य घटेका छन् र ७ कम्पनीका मूल्य स्थिर रहेका छन्।

सेक्टरहरूको स्थितिको विश्लेषण गर्दा होटल र पर्यटन क्षेत्रमा ०.१० प्रतिशत र व्यापार क्षेत्रमा ०.६० प्रतिशतको वृद्धि भएको छ। तर, बाँकी सबै प्रमुख क्षेत्रहरूमा गिरावट आएको छ। फाइनान्स क्षेत्रमा सबैभन्दा बढी १.५३ प्रतिशतको गिरावट देखिएको छ। बैंकिङ ०.५६ प्रतिशत, विकास बैंक ०.१३ प्रतिशत, हाइड्रोपावर ०.६७ प्रतिशत, लगानी ०.४९ प्रतिशत, जीवन बीमा १.४८ प्रतिशत, उत्पादन ०.३३ प्रतिशत, माइक्रोफाइनान्स ०.४८ प्रतिशत, निर्जीवन बीमा ०.५१ प्रतिशत र अन्य क्षेत्रका सूचकहरू पनि घटेका छन्।

मिथिला लघुवित्तको मूल्य सबैभन्दा बढी ९.३ प्रतिशतले बढेको छ भने भूगोल इनर्जीको मूल्य ७.३ प्रतिशत र ग्रीन डेभलपमेन्ट बैंकको ७ प्रतिशतले वृद्धि भएको छ।

कारोबार रकमका हिसाबले हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुनर्बीमा, ग्रीन डेभलपमेन्ट बैंक र हिमालयन पावर पार्टनर प्रमुख स्थानमा रहेका छन्।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...