News Portal

सेयर बजारमा गिरावटको क्रम जारी, कारोबार रकममा वृद्धि

नेपाली सेयर बजारमा आज पनि गिरावटको क्रम जारी रह्यो।

हिमालीसंचार संवाददाता
२५० पटक

चैत्र ६, काठमाडौं – नेपाली सेयर बजारमा आज पनि गिरावटको क्रम जारी रह्यो। अघिल्लो दिन ७.६ अंकको गिरावटपछि आज बजारमा थप १४.८ अंकको घटोत्तरी देखियो, जसले बजारलाई १९०० अंकको तल पुर्‍याएको छ। तथापि, बजार घटेपनि कारोबार रकममा वृद्धि भएको छ।

अघिल्लो दिन ४ अर्ब ३४ करोडको कारोबार भएकोमा आज कारोबार रकम ५ अर्ब १४ करोड पुगेको छ। ५३ कम्पनीका शेयर मूल्यमा वृद्धि देखिए पनि १८३ कम्पनीका मूल्य घटेका छन् र ७ कम्पनीका मूल्य स्थिर रहेका छन्।

सेक्टरहरूको स्थितिको विश्लेषण गर्दा होटल र पर्यटन क्षेत्रमा ०.१० प्रतिशत र व्यापार क्षेत्रमा ०.६० प्रतिशतको वृद्धि भएको छ। तर, बाँकी सबै प्रमुख क्षेत्रहरूमा गिरावट आएको छ। फाइनान्स क्षेत्रमा सबैभन्दा बढी १.५३ प्रतिशतको गिरावट देखिएको छ। बैंकिङ ०.५६ प्रतिशत, विकास बैंक ०.१३ प्रतिशत, हाइड्रोपावर ०.६७ प्रतिशत, लगानी ०.४९ प्रतिशत, जीवन बीमा १.४८ प्रतिशत, उत्पादन ०.३३ प्रतिशत, माइक्रोफाइनान्स ०.४८ प्रतिशत, निर्जीवन बीमा ०.५१ प्रतिशत र अन्य क्षेत्रका सूचकहरू पनि घटेका छन्।

मिथिला लघुवित्तको मूल्य सबैभन्दा बढी ९.३ प्रतिशतले बढेको छ भने भूगोल इनर्जीको मूल्य ७.३ प्रतिशत र ग्रीन डेभलपमेन्ट बैंकको ७ प्रतिशतले वृद्धि भएको छ।

कारोबार रकमका हिसाबले हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुनर्बीमा, ग्रीन डेभलपमेन्ट बैंक र हिमालयन पावर पार्टनर प्रमुख स्थानमा रहेका छन्।

प्रतिकृया दिनुहोस्

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...