News Portal

  • पोखराबाट काठमाडौँ आएकी किशोरी बलात्कारको सिकार, आरोपी पक्राउ

    संगीता गुरुङ
    २२४ पटक

    चैत्र ६, काठमाडौँ – फेसबुकमार्फत चिनजान भएका एक युवकले पोखराबाट काठमाडौँ आएकी एक किशोरीलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ। घटनामा संलग्न २४ वर्षीय युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    पीडित किशोरी पोखराको एक विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिइन्। फागुन २७ गते बिहान विद्यालय जान भन्दै घरबाट निस्किएकी उनी दिउँसोसम्म विद्यालय नपुगेको थाहा पाएपछि परिवारले खोजी थाले। खोजीक्रममा सामाजिक सञ्जालमार्फत उनको ललितपुर–३ पुल्चोकका शिवशंकर पण्डितसँग सम्पर्क रहेको खुल्न आयो।

    काठमाडौँमा आएपछि किशोरीमाथि जबर्जस्ती

    परिवारले अनुसन्धान गर्दै जाँदा किशोरी काठमाडौँमा पुगेको जानकारी भयो। फागुन २७ गते साँझ उनी नयाँ बसपार्क आइपुगेकी थिइन्, जहाँ पण्डितले उनलाई लिन आए। त्यसपछि उनलाई पुल्चोकस्थित डेरामा लगिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

    प्रहरीका अनुसार, पहिलो रात किशोरीलाई अलग कोठामा सुताइएको थियो। तर, भोलिपल्ट उनीहरू सँगै बसे। सोही दिन बेलुका उनले जबर्जस्ती करणी भएको बयान प्रहरीसमक्ष दिएकी छन्। किशोरीका अनुसार, पण्डितले आफूलाई माया गर्ने, विवाह गर्ने भन्दै फकाएका थिए। उनले अस्वीकार गर्दा पनि जबर्जस्ती बलात्कार गरेको पीडितको भनाइ छ।

    आमा प्रहरी कहाँ पुगेपछि युवक पक्राउ

    किशोरीकी आमाले छोरी काठमाडौँ आएको थाहा पाएपछि खोज्दै आउँदा घटना बाहिरियो। त्यसपछि उनले जावलाखेल प्रहरी परिसरमा जाहेरी दिएकी थिइन्। प्रहरी अनुसन्धानपछि फागुन ३० गते पण्डितलाई नियन्त्रणमा लिइएको हो।

    प्रहरीले पण्डितलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा–३ अनुसार अभियोग लगाएको छ। जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरले कानुनी प्रक्रिया अघि बढाइसकेको छ।

    यता, पण्डितले भने किशोरीसँग आपसी सहमतिमा सम्बन्ध रहेको दाबी गर्दै जबर्जस्ती करणीको आरोप अस्वीकार गरेका छन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २२ गतेको राशिफल

    आज असोज २२, २०८२ (अक्टोबर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीले २४ घण्टाभित्र बालेन–सुदनविरुद्धको जाहेरीमा जवाफ दिने

    काठमाडौं, असोज २१ — काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्धको...

    घरै बसेर सजिलै कमाउने प्रलोभनमा नपर्न साइबर प्रहरीले चेतावनी

    काठमाडौं, असोज २१ — सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी बढ्दै गएको छ। नेपाल प्रहरीले विभिन्न लोकप्रिय...

    विश्वप्रकाश शर्माद्वारा विशेष महाधिवेशनका लागि हस्ताक्षर अपिल

    काठमाडौं, असोज २१ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूलाई असोज...

    सिंहदरबारमा राष्ट्रिय विपद् व्यवस्थापन परिषद्को बैठक, राहत प्याकेजमा छलफल

    काठमाडौं, असोज २१ — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...