News Portal

पोखराबाट काठमाडौँ आएकी किशोरी बलात्कारको सिकार, आरोपी पक्राउ

संगीता गुरुङ
३१९ पटक

चैत्र ६, काठमाडौँ – फेसबुकमार्फत चिनजान भएका एक युवकले पोखराबाट काठमाडौँ आएकी एक किशोरीलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ। घटनामा संलग्न २४ वर्षीय युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पीडित किशोरी पोखराको एक विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिइन्। फागुन २७ गते बिहान विद्यालय जान भन्दै घरबाट निस्किएकी उनी दिउँसोसम्म विद्यालय नपुगेको थाहा पाएपछि परिवारले खोजी थाले। खोजीक्रममा सामाजिक सञ्जालमार्फत उनको ललितपुर–३ पुल्चोकका शिवशंकर पण्डितसँग सम्पर्क रहेको खुल्न आयो।

काठमाडौँमा आएपछि किशोरीमाथि जबर्जस्ती

परिवारले अनुसन्धान गर्दै जाँदा किशोरी काठमाडौँमा पुगेको जानकारी भयो। फागुन २७ गते साँझ उनी नयाँ बसपार्क आइपुगेकी थिइन्, जहाँ पण्डितले उनलाई लिन आए। त्यसपछि उनलाई पुल्चोकस्थित डेरामा लगिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार, पहिलो रात किशोरीलाई अलग कोठामा सुताइएको थियो। तर, भोलिपल्ट उनीहरू सँगै बसे। सोही दिन बेलुका उनले जबर्जस्ती करणी भएको बयान प्रहरीसमक्ष दिएकी छन्। किशोरीका अनुसार, पण्डितले आफूलाई माया गर्ने, विवाह गर्ने भन्दै फकाएका थिए। उनले अस्वीकार गर्दा पनि जबर्जस्ती बलात्कार गरेको पीडितको भनाइ छ।

आमा प्रहरी कहाँ पुगेपछि युवक पक्राउ

किशोरीकी आमाले छोरी काठमाडौँ आएको थाहा पाएपछि खोज्दै आउँदा घटना बाहिरियो। त्यसपछि उनले जावलाखेल प्रहरी परिसरमा जाहेरी दिएकी थिइन्। प्रहरी अनुसन्धानपछि फागुन ३० गते पण्डितलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीले पण्डितलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा–३ अनुसार अभियोग लगाएको छ। जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरले कानुनी प्रक्रिया अघि बढाइसकेको छ।

यता, पण्डितले भने किशोरीसँग आपसी सहमतिमा सम्बन्ध रहेको दाबी गर्दै जबर्जस्ती करणीको आरोप अस्वीकार गरेका छन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...