News Portal

रामनवमीको अवसरमा चैत्र २४ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले यस वर्षको रामनवमी पर्व को अवसरमा चैत्र २४ गते (अप्रील ६, २०२५) सार्वजनिक बिदा दिने घोषणा गरेको छ।

हिमालीसंचार संवाददाता
१६७ पटक

चैत्र ६, काठमाडौँ – सरकारले यस वर्षको रामनवमी पर्व को अवसरमा चैत्र २४ गते (अप्रील ६, २०२५) सार्वजनिक बिदा दिने घोषणा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङ ले सो निर्णय सार्वजनिक गरेका हुन्।

त्यस्तै, राष्ट्रिय विपद् जोखिम प्राधिकरणको कार्यकारी प्रमुखमा दिनेश प्रसाद भट्ट लाई नियुक्त गरिएको छ। सरकारका अनुसार, विद्यालय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत विश्व बैंकबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय पनि गरिएको छ।

साथै, ऋण असुली न्यायाधिकरणको बैंकिङ सदस्य पदमा नरेशराज अर्याल लाई नियुक्त गरिएको छ। नेपाली सेनामा उपरथी पदमा विशेष बढुवा, सहायक रथी पदमा एक जनालाई बढुवा तथा सहायक रथी पदमा एक जनाको कार्यकाल थप गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।

यसबाहेक, जनक शिक्षा सामग्री केन्द्रको प्रवन्ध सञ्चालक पदमा यदुनाथ पौडेल लाई नियुक्त गर्ने निर्णय लिइएको छ। सरकारका प्रवक्ताका अनुसार, यी निर्णयहरू राष्ट्रको प्रशासनिक व्यवस्थापनलाई थप सुदृढ बनाउन महत्वपूर्ण मानिएको छ।

 

प्रतिकृया दिनुहोस्

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...