News Portal

सर्वोच्च अदालतमा आज ५२ संवैधानिक पदाधिकारीविरुद्ध सुनुवाइ

प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा नियुक्त ५२ संवैधानिक पदाधिकारीविरुद्धको मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

हिमालीसंचार संवाददाता
२२२ पटक

काठमाडौं, ६ चैत्र – प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा नियुक्त ५२ संवैधानिक पदाधिकारीविरुद्धको मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

यसअघि २१ फागुनको सुनुवाइमा अदालतले आजको मिति राखेर मुद्दाको निरन्तर सुनुवाइ गर्न निर्णय गरेको थियो। आजको सुनुवाइमा, अधिवक्ता ओमप्रकाश अर्यालको निवेदनमा वकालतनामा भरेका कानून व्यवसायीहरूले मुद्दामा बहस गर्नेछन्।

सन् २०७७ को पुस र २०७८ को असार महिनामा प्रधानमन्त्री ओली नेतृत्वको संवैधानिक परिषदले ३२ र २० गरी कुल ५२ संवैधानिक पदाधिकारी नियुक्त गरेका थिए। यी नियुक्तिहरू संसदीय सुनुवाइ बिना र अध्यादेशमार्फत भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको थियो।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा सपना प्रधान मल्ल, डा. कुमार चुडाल, डा. मनोज शर्मा र नहकुल सुवेदी सहितको संवैधानिक इजलासले यो मुद्दामा सुनुवाइ गरिरहेको छ।

 

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...