News Portal

सर्वोच्च अदालतमा आज ५२ संवैधानिक पदाधिकारीविरुद्ध सुनुवाइ

प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा नियुक्त ५२ संवैधानिक पदाधिकारीविरुद्धको मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

हिमालीसंचार संवाददाता
१७९ पटक

काठमाडौं, ६ चैत्र – प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा नियुक्त ५२ संवैधानिक पदाधिकारीविरुद्धको मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

यसअघि २१ फागुनको सुनुवाइमा अदालतले आजको मिति राखेर मुद्दाको निरन्तर सुनुवाइ गर्न निर्णय गरेको थियो। आजको सुनुवाइमा, अधिवक्ता ओमप्रकाश अर्यालको निवेदनमा वकालतनामा भरेका कानून व्यवसायीहरूले मुद्दामा बहस गर्नेछन्।

सन् २०७७ को पुस र २०७८ को असार महिनामा प्रधानमन्त्री ओली नेतृत्वको संवैधानिक परिषदले ३२ र २० गरी कुल ५२ संवैधानिक पदाधिकारी नियुक्त गरेका थिए। यी नियुक्तिहरू संसदीय सुनुवाइ बिना र अध्यादेशमार्फत भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको थियो।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा सपना प्रधान मल्ल, डा. कुमार चुडाल, डा. मनोज शर्मा र नहकुल सुवेदी सहितको संवैधानिक इजलासले यो मुद्दामा सुनुवाइ गरिरहेको छ।

 

प्रतिकृया दिनुहोस्

हुम्लामा भारी हिमपात, जनजीवन प्रभावित तर किसान खुसी

हुम्ला, १५ माघ – हुम्लामा लगातार दुई दिनसम्म परेको भारी हिमपातले जनजीवनलाई प्रभावित पारेको छ।...

सुनचाँदीको भाउमा तीव्र वृद्धि, एकैदिन तोलामा २० हजारभन्दा बढी महँगियो सुन

काठमाडौं, माघ १५ – नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ उचाइ लिँदै गएको छ ।...

पश्चिम बंगालमा Nipah भाइरस देखिएपछि नेपालमा सतर्कता कडा

काठमाडौं, माघ १५ – भारतको पश्चिम बंगालमा Nipah भाइरसका केही पुष्टि भएका केसहरू भेटिएपछि दक्षिण...

आज २०८२ साल माघ १५ गतेको राशिफल

आज माघ १५, २०८२ (जनवरी २९, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...