News Portal

चोरी अभियोगमा फरार रहेका जाहिद मुसलमान पक्राउ

चोरी अभियोगमा अदालतबाट १ वर्ष ६ महिना कैद सजाय तोकिएका फरार प्रतिवादी जाहिद मुसलमानलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ।

संगीता गुरुङ
१६५ पटक

चैत्र ६, कपिलवस्तु – चोरी अभियोगमा अदालतबाट १ वर्ष ६ महिना कैद सजाय तोकिएका फरार प्रतिवादी जाहिद मुसलमानलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार, मुसलमानलाई चैत ३ गते कपिलवस्तु नगरपालिका–१ नयाँ टोलबाट पक्राउ गरिएको हो। उनी लामो समयदेखि फरार रहेका थिए।

२०८० पुस १४ गते जिल्ला अदालत कपिलवस्तुले चोरी कसुरमा मुसलमानलाई दोषी ठहर गर्दै १ वर्ष ६ महिना कैद सजाय सुनाएको थियो। तर, फैसला भएलगत्तै उनी फरार भएका थिए।

पक्राउ परेपछि मंगलबार उनलाई अदालतमा पेस गरिएकामा अदालतको आदेशअनुसार कारागार कार्यालय तौलियाहामा पठाइएको प्रहरीले जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...