News Portal

सेयर बजार लगातार ओरालो, कारोबार रकम पनि घट्दै

हिमालीसंचार संवाददाता
१९० पटक

चैत्र ५, काठमाडौं – सेयर बजारमा गिरावट आउने क्रम मंगलबार पनि जारी रह्यो। पछिल्लो तीन दिनदेखि ओरालो लागेको नेप्से परिसूचक आज थप ७.६६ अंकले घट्दै २६९७.०४ विन्दुमा पुगेको छ।

आइतबार २१.६४ अंकले घटेको नेप्से सोमबार थप १०.१४ अंकले कमजोर बनेको थियो। बजार घटेसँगै कारोबार रकममा समेत गिरावट देखिएको छ। सोमबार ५ अर्ब ४० करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ४ अर्ब ३४ करोड ६६ लाख रुपैयाँमा सीमित रह्यो।

आज ३१३ वटा कम्पनीका ८२ लाख ३७ हजार कित्ता सेयर किनबेच भए। बजारमा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर सबैभन्दा धेरै ९.९६ प्रतिशतले बढ्यो भने हिमालयन पावर पार्टनरको ९.९० प्रतिशत र अपर सोलु हाइड्रो इलेक्ट्रिकको ७.७८ प्रतिशतले वृद्धि भयो।

तर, सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले भने ठूलो घाटा व्यहोरे। सो कम्पनीको सेयर मूल्य ८.२१ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रह्यो, जसको ३२ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भयो।

अन्य प्रमुख कारोबार भएका कम्पनीहरूमा घलेमादी हाइड्रो (२२ करोड), नेपाल रिइन्स्योरेन्स (१८ करोड), लाइफ इन्स्योरेन्स (१६ करोड) र नारायणी डेभलपमेन्ट बैंक (१३ करोड) परेका छन्।

आज ८६ कम्पनीका सेयर मूल्य बढे पनि १५२ कम्पनीका सेयर ओरालो लागेका छन् भने पाँच कम्पनीको मूल्य स्थिर रह्यो। समूहगत उपसूचकमध्ये अदर्श समूह मात्रै हरियो देखियो, जसले ०.११ प्रतिशतले वृद्धि हासिल गर्‍यो, भने अन्य सबै समूह राताम्मे बनेका छन्।

 

प्रतिकृया दिनुहोस्

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...