News Portal

रोल्पामा एक युवक मृत अवस्थामा फेला, मृत्युको कारण अनुसन्धान हुँदै

बाँकेको नेपालगञ्जका २३ वर्षीय उमेश बुढामगर रोल्पामा मृत अवस्थामा फेला परेका छन्।

संगीता गुरुङ
१९५ पटक

दाङ, चैत्र ४ – बाँकेको नेपालगञ्जका २३ वर्षीय उमेश बुढामगर रोल्पामा मृत अवस्थामा फेला परेका छन्। नेपालगञ्जका बुढामगर हाल मामाघरमा आएका थिए र रोल्पाको हानवाङमा स्थित सालघारी सामुदायिक वनमा सोमबार उनको शव भेटियो।

प्रहरीका अनुसार उमेश १२ दिन अघि मामाघरको भ्रमणका लागि रोल्पा आएका थिए र माउली हजुरआमासँग बसिरहेका थिए। नेपालगञ्जमा भने उनी हजुरबुवासँग बस्दै आएका थिए। घटनाका बारेमा स्थानीयले जानकारी दिएपछि प्रहरी घटनास्थलमा पुगेका थिए।

उमेशलाई चैत १ गते रोल्पाको लिवाङ बजारको मेलामा देखिएको थियो, र त्यसपछि उनी सम्पर्कविहीन भएका थिए। सोमबार, माडीचौरबाट हाङबाङ जाने बाटोको दुई सय मिटर तल उनको शव घोप्टो परेको अवस्थामा फेला परेको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानले मृतकको मृत्यु भिरबाट लडेर भएको सम्भावना व्यक्त गरेको छ। मृतकका श्रीमती भारतमा कामका लागि गएको थाहा भएको छ। शवलाई पोष्टमर्टमका लागि जिल्ला अस्पताल रेउघा पठाइएको छ र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...