News Portal

आजको राशिफल

आज चैत्र ५, २०८१ (मार्च १८, २०२५) को राशिफल यस प्रकार रहेको छ:

हिमालीसंचार संवाददाता
२१४ पटक

आज चैत्र ५, २०८१ (मार्च १८, २०२५) को राशिफल यस प्रकार रहेको छ:

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

दाम्पत्य जीवन सुखमय रहनेछ। व्यापार व्यवसायमा आफन्तहरूको सहयोग मिल्नेछ। कानुनी मामिलाहरू सुल्झिनेछन्। मनमा चिताएको कार्य पूरा गर्न सकिनेछ। (शुभ रंग: हरियो, शुभ अंक: ४)

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

कार्यक्षेत्रमा सफलता प्राप्त गर्न केही संघर्ष गर्नुपर्नेछ। मित्रहरूको सहयोग सोचेजस्तो नहुन सक्छ। विद्यार्थीहरूका लागि राम्रो दिन रहनेछ। (शुभ रंग: निलो, शुभ अंक: ३)

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

प्रतियोगी परीक्षामा सफलता मिल्ने सम्भावना छ। नयाँ रोजगारी वा व्यवसायको सुरुवात हुनेछ। जग्गा-जमिनबाट लाभ मिल्नेछ। स्वास्थ्यमा अनिन्द्राको समस्या देखिन सक्छ। (शुभ रंग: पहेँलो, शुभ अंक: ३)

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

अधुरो कार्य सम्पन्न हुने सम्भावना छ। आत्मबलमा वृद्धि हुनेछ। आफन्तबाट सहयोग प्राप्त हुनेछ। नोकरी वा व्यवसायमा सफलता मिल्नेछ। (शुभ रंग: हरियो, शुभ अंक: २)

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सामाजिक प्रतिष्ठा बढ्नेछ। कार्यक्षेत्रमा सहयोगीहरूको समर्थन पाइनेछ। आर्थिक रूपमा राम्रो फाइदा मिल्नेछ। (शुभ रंग: रातो, शुभ अंक: ३)

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

व्यापार व्यवसायमा सोचेजस्तो लाभ प्राप्त नहुन सक्छ। पारिवारिक निर्णयहरूमा अभिभावकको सल्लाह लिँदा राम्रो हुनेछ। (शुभ रंग: सुन्तला, शुभ अंक: ६)

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

कार्य क्षेत्रमा प्रशंसा प्राप्त हुनेछ। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। बोलिचालीले समस्याहरू समाधान गर्न सकिन्छ। (शुभ रंग: सेतो, शुभ अंक: ४)

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

विदेश यात्राको अवसर आउन सक्छ। आर्थिक पक्ष सबल हुनेछ। स्वास्थ्यमा अलि ध्यान दिनुपर्नेछ। (शुभ रंग: निलो, शुभ अंक: २)

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

विद्यार्थीहरूले अध्ययनमा प्रगति गर्नेछन्। कार्यक्षेत्रमा राम्रो अवसर प्राप्त हुनेछ। शेयर बजारमा लगानी गर्ने सोच भए लाभ मिल्ने सम्भावना छ। (शुभ रंग: खैरो, शुभ अंक: ६)

मकर (भो, जा, जि, खि, खु, खे, खो, गा, गि)

सानो प्रयासले ठूलो परिवर्तन ल्याउन सकिन्छ। कार्यक्षेत्रमा नयाँ अवसरहरू प्राप्त हुनेछन्। परिवारजनको साथ सहयोग प्राप्त हुनेछ। (शुभ रंग: सेतो, शुभ अंक: १)

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

जीवनसाथीको स्वास्थ्यमा ध्यान दिनुपर्छ। नयाँ पहिरन र स्वादिष्ट भोजनको आनन्द लिने अवसर मिल्नेछ। छरछिमेकसँग विवाद हुन सक्ने सम्भावना छ, सतर्क रहनुहोस्। (शुभ रंग: बैजनी, शुभ अंक: २)

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

कार्यस्थलमा विचार पुर्‍याएर बोल्नुहोला। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ। कृषिबाट लाभ प्राप्त गर्न सकिन्छ। विद्यार्थीहरूको बौद्धिक क्षमता बढ्नेछ। (शुभ रंग: निलो, शुभ अंक: २)

तपाईंको दिन शुभ रहोस्!

प्रतिकृया दिनुहोस्

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...

आज २०८२ साल फागुन २८ गतेको राशिफल

आज फागुन २८, २०८२ ( मार्च १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...