News Portal

नेपाली जनप्रगतिशील मञ्च कुवेतको अध्यक्ष राजन श्रेष्ठले दिए राजीनामा

हिमालीसंचार संवाददाता
४२९ पटक

कुवेत – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको वैदेशिक भातृ संगठन नेपाली नेपाली जनप्रगतिशील मञ्च कुवेतको अ राजन श्रेष्ठले राजीनामा दिएको छ।

नेपाली जनप्रगतिशील मञ्च कुवेतको प्रेस विज्ञप्ति

हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी) केन्द्रको भातृ संगठन नेपाली जनप्रगतिशील मञ्च कुवेतको गत जुन २०२४ मा सम्पन्न पाँचौं राष्ट्रिय महाधिवेशनबाट क राजन श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित भएको सबैमा अवगत नै छ। पार्टीको नीति निर्देशनको पालना गर्दै पार्टी केन्द्रलाई प्रवासबाट योगदान दिँदै प्रवासीहरुका हक हित  संरक्षणमा लागिरहेको यस मञ्चको अध्यक्ष क राजन श्रेष्ठले प्रवासको श्रमिक दैनिकीको कारण मञ्चको कार्यकारी पदमा रहेर काम गर्न असहज भएपछि यस मञ्चलाई जानकारी गराई मञ्चको अध्यक्ष पदबाट राजीनामा दिनु भएकोले मञ्चको कार्यसमितिको पूर्ण बैठकले यो कार्यकाललाई सहज र सरल रुपमा सम्पन्न गर्नको लागि प्रथम उपाध्यक्ष जीवन सुनारलाई अध्यक्षको कार्यभार सुम्पिएको सम्बन्धित समयमा जानकारी गराइन्छ।

हार्दिक अभिवादन सहित
क बहादुर भुजेल
संरक्षक नेपाली जनप्रगतिशील मञ्च कुवेत   

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...