News Portal

नेप्से परिसूचकमा गिरावट, कारोबार रकम समेत घट्यो

सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ।

हिमालीसंचार संवाददाता
३०३ पटक

४ चैत्र, काठमाडौं – सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ। अघिल्लो दिनको तुलनामा १०.१४ अंकले घट्दै बजार २७०४ अंकमा झरेको छ। सूचकको गिरावटसँगै कारोबार रकम पनि घटेको देखिन्छ।

आइतबार ६ अर्ब ८३ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ५ अर्ब ४० करोड रुपैयाँमै सीमित रह्यो। बजारमा ८५ कम्पनीका सेयर मूल्य बढे पनि १४५ कम्पनीका सेयर घटेका छन्, भने १३ कम्पनीको मूल्य स्थिर रह्यो। विशाल बजार कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा व्यापार समूहमा सबैभन्दा धेरै ३.३८ प्रतिशतको गिरावट देखियो।

बैंकिङ समूह ०.२१ प्रतिशत, विकास बैंक ०.९२ प्रतिशत, हाइड्रोपावर ०.२३ प्रतिशत, जीवन बीमा ०.५१ प्रतिशत, माइक्रोफाइनान्स ०.०१ प्रतिशत, निर्जीवन बीमा ०.०२ प्रतिशत तथा अन्य समूह ०.५६ प्रतिशतले घटेका छन्। तर, उत्पादन तथा प्रशोधन समूह ०.४४ प्रतिशत, लगानी ०.१८ प्रतिशत, होटल तथा पर्यटन ०.१८ प्रतिशत तथा फाइनान्स समूह ०.१२ प्रतिशतले वृद्धि भएका छन्।

सोमबार सेयर मूल्यमा सर्वाधिक वृद्धि गर्ने कम्पनीहरूमध्ये राप्ती हाइड्रोको सेयर ९.८ प्रतिशतले उकालो लाग्यो भने सामुदायिक लघुवित्तको ८.० प्रतिशत, ग्रीन डेभलपमेन्ट बैंकको ५.३ प्रतिशत, मानुषी लघुवित्तको ४.१ प्रतिशत तथा इस्टर्न हाइड्रोको ३.२ प्रतिशतले वृद्धि भयो।

त्यस्तै, महालक्ष्मी विकास बैंकको सेयर मूल्यमा ५.६ प्रतिशतको गिरावट आयो भने घलेम्दी हाइड्रोपावरको ४.५ प्रतिशत, विशाल बजारको ३.७ प्रतिशत तथा विन नेपाल लघुवित्तको ३.० प्रतिशतले ओरालो लागेको छ।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, महालक्ष्मी विकास बैंक, एनआरएन इन्फ्रास्ट्रक्चर तथा सीईडीबी होल्डिङ्स अग्रस्थानमा रहेका छन्।

 

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...