News Portal

नेप्से परिसूचकमा गिरावट, कारोबार रकम समेत घट्यो

सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ।

हिमालीसंचार संवाददाता
२०१ पटक

४ चैत्र, काठमाडौं – सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ। अघिल्लो दिनको तुलनामा १०.१४ अंकले घट्दै बजार २७०४ अंकमा झरेको छ। सूचकको गिरावटसँगै कारोबार रकम पनि घटेको देखिन्छ।

आइतबार ६ अर्ब ८३ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ५ अर्ब ४० करोड रुपैयाँमै सीमित रह्यो। बजारमा ८५ कम्पनीका सेयर मूल्य बढे पनि १४५ कम्पनीका सेयर घटेका छन्, भने १३ कम्पनीको मूल्य स्थिर रह्यो। विशाल बजार कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा व्यापार समूहमा सबैभन्दा धेरै ३.३८ प्रतिशतको गिरावट देखियो।

बैंकिङ समूह ०.२१ प्रतिशत, विकास बैंक ०.९२ प्रतिशत, हाइड्रोपावर ०.२३ प्रतिशत, जीवन बीमा ०.५१ प्रतिशत, माइक्रोफाइनान्स ०.०१ प्रतिशत, निर्जीवन बीमा ०.०२ प्रतिशत तथा अन्य समूह ०.५६ प्रतिशतले घटेका छन्। तर, उत्पादन तथा प्रशोधन समूह ०.४४ प्रतिशत, लगानी ०.१८ प्रतिशत, होटल तथा पर्यटन ०.१८ प्रतिशत तथा फाइनान्स समूह ०.१२ प्रतिशतले वृद्धि भएका छन्।

सोमबार सेयर मूल्यमा सर्वाधिक वृद्धि गर्ने कम्पनीहरूमध्ये राप्ती हाइड्रोको सेयर ९.८ प्रतिशतले उकालो लाग्यो भने सामुदायिक लघुवित्तको ८.० प्रतिशत, ग्रीन डेभलपमेन्ट बैंकको ५.३ प्रतिशत, मानुषी लघुवित्तको ४.१ प्रतिशत तथा इस्टर्न हाइड्रोको ३.२ प्रतिशतले वृद्धि भयो।

त्यस्तै, महालक्ष्मी विकास बैंकको सेयर मूल्यमा ५.६ प्रतिशतको गिरावट आयो भने घलेम्दी हाइड्रोपावरको ४.५ प्रतिशत, विशाल बजारको ३.७ प्रतिशत तथा विन नेपाल लघुवित्तको ३.० प्रतिशतले ओरालो लागेको छ।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, महालक्ष्मी विकास बैंक, एनआरएन इन्फ्रास्ट्रक्चर तथा सीईडीबी होल्डिङ्स अग्रस्थानमा रहेका छन्।

 

प्रतिकृया दिनुहोस्

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...