News Portal

पोखरा–छेन्दु नियमित हवाई उडान भोलि देखि सुरू

पोखरा–छेन्दु नियमित व्यावसायिक चार्टर उडान भोलि देखि सुरू हुन लागेको छ।

संगीता गुरुङ
१८० पटक

चैत्र ४, काठमाडौं – नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा चीनको छेन्दु सहरबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्म नियमित व्यावसायिक चार्टर उडान सुरू हुन लागेको छ।

सिचुआन प्रान्तको सहकार्यमा सिचुआन एयरलाइन्सले मंगलबारदेखि पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक चार्टर उडान गर्ने तयारी गरेको छ। नेपाल पर्यटन बोर्डका अनुसार, यस उडानले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई थप मजबुत बनाउनेछ भने पर्यटन, व्यापार, र सांस्कृतिक सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ।

नेपाल पर्यटन बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएअनुसार, पोखरा–छेन्दु उडानले मध्य तथा पश्चिम नेपालका यात्रुहरूका लागि चीनसम्मको यात्रा थप सहज र किफायती बनाउनेछ। साथै, यसले चिनियाँ पर्यटकहरूलाई पोखराको प्राकृतिक सौन्दर्य अवलोकन गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।

यस हवाई सम्पर्कले चीन सरकारले घोषणा गरेको ‘भिजिट नेपाल २०२५’ तथा नेपाल सरकारले घोषणा गरेको ‘पोखरा पर्यटन वर्ष’ अभियानलाई थप सशक्त बनाउँदै नेपालमा अन्तर्राष्ट्रिय पर्यटकहरूको संख्या वृद्धि गर्न सहयोग गर्ने विश्वास गरिएको छ।

मंगलबार हुने पहिलो व्यावसायिक चार्टर उडानमार्फत नेपाली प्रतिनिधिमण्डल पोखरा–छेन्दु फ्लाइट प्रमोसन एण्ड चाइना (सिचुआन) सेल्स मिसन २०२५ का लागि चीन प्रस्थान गर्नेछ। टोलीले छेन्दु, लुझाउ, लेसानलगायतका चिनियाँ सहरहरूमा सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरूसँग भेटघाट गरी व्यावसायिक छलफल गर्ने कार्यक्रम रहेको छ।

यस नयाँ हवाई सेवाको थालनीले नेपाल–चीनबीचको कूटनीतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै व्यापार, पर्यटन, र सांस्कृतिक सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

 

प्रतिकृया दिनुहोस्

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...