News Portal

पोखरा–छेन्दु नियमित हवाई उडान भोलि देखि सुरू

पोखरा–छेन्दु नियमित व्यावसायिक चार्टर उडान भोलि देखि सुरू हुन लागेको छ।

संगीता गुरुङ
१५६ पटक

चैत्र ४, काठमाडौं – नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा चीनको छेन्दु सहरबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्म नियमित व्यावसायिक चार्टर उडान सुरू हुन लागेको छ।

सिचुआन प्रान्तको सहकार्यमा सिचुआन एयरलाइन्सले मंगलबारदेखि पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक चार्टर उडान गर्ने तयारी गरेको छ। नेपाल पर्यटन बोर्डका अनुसार, यस उडानले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई थप मजबुत बनाउनेछ भने पर्यटन, व्यापार, र सांस्कृतिक सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ।

नेपाल पर्यटन बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएअनुसार, पोखरा–छेन्दु उडानले मध्य तथा पश्चिम नेपालका यात्रुहरूका लागि चीनसम्मको यात्रा थप सहज र किफायती बनाउनेछ। साथै, यसले चिनियाँ पर्यटकहरूलाई पोखराको प्राकृतिक सौन्दर्य अवलोकन गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।

यस हवाई सम्पर्कले चीन सरकारले घोषणा गरेको ‘भिजिट नेपाल २०२५’ तथा नेपाल सरकारले घोषणा गरेको ‘पोखरा पर्यटन वर्ष’ अभियानलाई थप सशक्त बनाउँदै नेपालमा अन्तर्राष्ट्रिय पर्यटकहरूको संख्या वृद्धि गर्न सहयोग गर्ने विश्वास गरिएको छ।

मंगलबार हुने पहिलो व्यावसायिक चार्टर उडानमार्फत नेपाली प्रतिनिधिमण्डल पोखरा–छेन्दु फ्लाइट प्रमोसन एण्ड चाइना (सिचुआन) सेल्स मिसन २०२५ का लागि चीन प्रस्थान गर्नेछ। टोलीले छेन्दु, लुझाउ, लेसानलगायतका चिनियाँ सहरहरूमा सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरूसँग भेटघाट गरी व्यावसायिक छलफल गर्ने कार्यक्रम रहेको छ।

यस नयाँ हवाई सेवाको थालनीले नेपाल–चीनबीचको कूटनीतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै व्यापार, पर्यटन, र सांस्कृतिक सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...