News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • आजको राशिफल

    आज चैत्र ४, २०८१ (मार्च १७, २०२५) को राशिफल यस प्रकार रहेको छ:

    हिमालीसंचार संवाददाता
    ६९ पटक

    आज चैत्र ४, २०८१ (मार्च १७, २०२५) को राशिफल यस प्रकार रहेको छ:

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

    इष्टमित्रहरूबाट सहयोगको अपेक्षा नराख्नुहोस्। सावधानीपूर्वक किनमेल गर्नुहोस्। धर्ममा आस्था बढ्नेछ र स्वास्थ्यमा सुधार आउनेछ। (शुभ रंग: निलो, शुभ अंक: २)

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

    प्रतिस्पर्धामा विजयी भइनेछ। अरूको निजी मामलामा हस्तक्षेप नगर्नुहोला। वित्तीय गतिविधिमा सतर्कता अपनाउनुहोस्। (शुभ रंग: सेतो, शुभ अंक: ४)

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

    आफन्तहरूसँग रमाइलो समय बित्नेछ। व्यापारिक यात्राबाट फाइदा हुने संकेत छ। आँटेको कार्य सम्पन्न हुनेछ। (शुभ रंग: हरियो, शुभ अंक: २)

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

    कार्यक्षेत्रमा केही अवरोधहरू आउन सक्छन्। माताको स्वास्थ्यको ख्याल गर्नुहोस्। व्यापार व्यवसायमा सचेत रहनुहोला। (शुभ रंग: पहेँलो, शुभ अंक: ३)

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

    व्यापार व्यवसायमा सफलता मिल्नेछ। कार्यक्षेत्रमा गल्ती सुधार्ने मौका पाइनेछ। प्रेमसम्बन्ध सुमधुर रहनेछ। (शुभ रंग: सेतो, शुभ अंक: ६)

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

    पारिवारिक समस्याले खर्च बढ्न सक्छ। कृषिका क्षेत्रमा फाइदा हुनेछ। सामाजिक दायित्व पूरा गर्न समय दिनेछ। (शुभ रंग: गुलाबी, शुभ अंक: ७)

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

    कार्यक्षेत्रमा सफलता प्राप्त हुनेछ। वित्तीय लेनदेन सुल्झिनेछ। भौतिक सुविधामा धन खर्च हुनेछ। (शुभ रंग: बैजनी, शुभ अंक: २)

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

    सोचेभन्दा राम्रो सफलता मिल्नेछ। सुखसुविधामा खर्च बढ्नेछ। व्यापार विस्तारको योजना बन्नेछ। (शुभ रंग: रातो, शुभ अंक: १)

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

    भाग्यले साथ दिनेछ। अध्ययनमा सफलता मिल्नेछ। नयाँ कार्यको जग बसाउने अवसर प्राप्त हुनेछ। (शुभ रंग: हरियो, शुभ अंक: ५)

    मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)

    निर्णय गर्दा सावधानी अपनाउनुहोस्। सामाजिक प्रतिष्ठा बढ्नेछ। आयआर्जनका नयाँ अवसरहरू मिल्नेछन्। (शुभ रंग: पहेँलो, शुभ अंक: ४)

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

    धर्मकर्ममा रुचि बढ्नेछ। जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्नुहोला। कार्यक्षेत्रमा मित्रहरूको सहयोग मिल्नेछ। (शुभ रंग: निलो, शुभ अंक: ९)

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

    आर्थिक क्षेत्रमा अनुभवी व्यक्तिको साथ मिल्नेछ। आत्मविश्वास बढ्नेछ। नोकरी तथा व्यापारमा लाभ मिल्ने छ। (शुभ रंग: सुन्तला, शुभ अंक: ९)

    तपाईंको दिन शुभ रहोस्!

    प्रतिकृया दिनुहोस्

    उदयपुर मिलिजुली समाज कुवेतद्वारा आर्थिक सहयोग (२०२५ मार्च १६)

    सबैजनाको उत्तम स्वास्थ्य र सुरक्षित जीवनको कामना गर्दै, उदयपुर मिलिजुली समाज, कुवेतले आफ्नो सामाजिक उत्तरदायित्व...

    आजको राशिफल

    आज चैत्र ४, २०८१ (मार्च १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    महासचिव विप्लवको झापा भ्रमण: सीमावर्ती क्षेत्रमा जनसंवाद, अतिक्रमणबारे गम्भीर चासो

    चैत्र ३, झापा – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ झापाको सीमावर्ती...

    उत्तर म्यासेडोनियाको नाइट क्लबमा भीषण आगलागी, ५१ जनाको मृत्यु

    दक्षिणी यूरोप – उत्तर म्यासेडोनियाको पूर्वी सहर कोकानीस्थित ‘पल्स नाइट क्लब’ मा गएराति भएको आगलागीमा...

    सेयर बजारमा गिरावट, नेप्से परिसूचक २१.६३ अंकले घट्यो

    चैत्र ३, काठमाडौं – साताको पहिलो दिन आज सेयर बजारमा गिरावट देखिएको छ। नेपाल स्टक...